मंगलबार , बैसाख २९, २०८३

डार्विन अस्ट्रेलिया बैशाख १ । ठमेल नाइट्सको आयोजनामा नयाँ वर्ष २०७८को अवसर पारि भब्य कार्यक्रमको आयोजना गरिएको छ।  Nepalese New Year Party नाम दिइएको उक्त कार्यक्रम सफलताका साथ सम्पन्न  भएको छ।  १ दर्जन भन्दा धेरै नेपाली स्थानीय कलाकारको प्रस्तुती  रहेको उक्त कर्यक्रममा केहि सांगीतिक क्षेत्रमा नाम बनाइ सकेका कलाकारको पनि प्रस्तुती रहेको थियो।

घोप्टे भीरका गएक विवेक लुइँटेल, खमाज ब्याण्डकि गायिका आशिका उप्रेती त्यस्तै गरि क्रमश: सबिन सिटौला, बिनिता शर्मा, श्रद्धा घिमिरे, डेविड सुवाल एंड बिराट थापा , सय्निज र दिपक भण्डारी लगाएतले आफ्नो गीत प्रस्तुत गरेका थिय।  सम्पूर्ण गायक/गायिकाको प्रस्तुति सकियपछि डी जे नटकेजले बिहानको ३ बजे सम्म उपस्थित सबैलाई नचाई रहेका थिए।

डिस्कबरी क्लबमा आयोजना गरिएको कार्यक्रम,रातिको ८ बजे बाट सुरु हुने भानियता पनि प्राविधिक कठिनाइका कारम केहि समय ढिलो भएको थियो।  NB Automobile र Kangaroo Global को सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो।

ठमेल नाइट्सका संचालक बिबेक ढकाल भन्छन, हामीले धेरै प्रोग्राम गरेका छौ तर यो प्रोग्राममा भने नेपालीको उल्लेखनीय उपस्थिति देखे। ठमेल नाइट्सले आयोजना गर्ने अन्य प्रोग्राममा युवाहरुको मात्र उपस्थिति हुने गरेकोमा आहिले स्थानीय कलाकारको प्रस्तुती समेत भएकोले पनि होला युवा जमात संगसगै अन्य उमेर समुहका मान्छेहरु पनि देखे।  हुनत मन सबैको जवान नै हुन्छ। .. 

४०० भन्दा धेरैको उपस्थिति रहेको उक्त कार्यक्रम नाच, गान संगै मर्यादित तरिकाले संचालन भएको र आयोजकलाई धेरै धेरै धन्यबाद यस्तो कार्यक्रमको लागि भन्दै शुभकामना दिय, डार्विन मा लामो समयदेखि बस्दै आएका अनुभवि क्यामरा पर्सन सहित सांगीतिक क्षेत्रमा प्राबिधिक दखल राख्ने बि पी भण्डारी।

कर्येक्रमको संचालन सिजन जंग कार्की (बाग्लुङ्गे टाइगर) ले गरेका थिय भने मिडिया पार्टनर भइ सहकार्य पुराखबर अनलाइन ले गरेको थियो।

फोटो सौजन्य CATCH SMILE (Watch All Photo By Clicking HERE ..) 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP