मंगलबार , बैसाख २९, २०८३

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स उपाधि होडबाट बाहिरिएको छ । आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो । जारी एनपीएलमा प्लेअफको यात्राबाट बाहिरिने लुम्बिनी पहिलो टिम हो ।

लिग चरणमा लुम्बिनीले हालसम्म ६ खेल खेल्दा ५ मा हार र एकमा जित निकालेको छ । ६ खेलमा २ अंक जोडेको लुम्बिनी अंक तालिकाको छैठौं स्थानमा छ । लुम्बिनी औपचारिक रुपमानै बाहिरिसक्दा अन्य टिमको भने सम्भावना कायमै छ ।

हालसम्म समान ५ खेल खेलेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले समान ४ जित र एक हार ब्यहोरेका छन् । समान ८ अंक नै भएपनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा जनकपुर दोस्रो स्थानमा छ । अब जनकपुरले काठमाडौं र चितवनसँग खेल्न बाँकी रहेको छ भने सुदूरले कर्णाली र पोखरासँग खेल्न बाँकी रहेको । अहिलेकै अवस्थामा सुदूर र जनकपुरले शीर्ष चारमा रहँदा अगाडि बढ्ने सम्भावना बलियो बनाएका छन् । खेल्न बाँकी २ मध्ये एक खेलमा जित निकालेपनि यी दुवै टिम अघिल्लो चरणमा पुग्नेछन् भने दुवै खेल हारे अन्य टिमको नजितामा भर पर्नुपर्ने हुन्छ ।

५ खेल खेलेर समान ६ अंक जोडेका चितवन राइनोज र कर्णाली याक्स क्रमस तेस्रो र चौथो स्थानमा छन् । यी दुवै टिमले अब समान २ खेल्न बाँकी छ । दुईमा एक खेल जितेमा दुवै टिमको अघि बढ्ने सम्भावना बलियो बन्नेछ । ४ खेल खेलेर ४ अंक जोडेको काठमाडौं पाँचौ स्थानमा छ । काठमाडौंले अब तीन खेल खेल्न बाँकी छ ।खेल्न् बाँकी तीन मध्ये कम्तिमा पनि दुई खेल जितेमा मात्र काठमाडौं अघिबढ्न सक्छ ।

लुम्बिनी, पोखरा र विराटनगर क्रमस छैठौं,सातौ र आठौं स्थानमा छन् । लुम्बिनी उपाधि होडबाट बाहिरि सकेको छ भने यी दुवै टिमको पनि प्लेअफ सम्भावना न्यून देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP