मंगलबार , असार २३, २०८३

धनगढी/डोटी — सुदूरपश्चिममा पहाडी जिल्लाका विभिन्न सामुदायिक र राष्ट्रिय वनमा डडेलोले वन क्षेत्रमा क्षति भएको छ । महाकाली किनारदेखि सेती पहाडसम्मका विभिन्न वन क्षेत्रमा डढेलो दन्किरहेको छ । राजमार्ग छेउछाउका जंगलमा अझ बढी आगलागी भइरहेको छ ।

कैलालीको गोदावरी जंगलमा मंगलवार लागेको डढेलो । तस्विर : अर्जुन/कान्तिपुर

बाजुरामा २ सय ९३ हेक्टर जंगलमा आगलागी भएको डिभिजन वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख शुभारचन्द अयडीले बताए । सदरमुकाम मार्तडी नजिकै रहेका चारवटा सामूदायिक वनहरू भेरालमाण्डौ, सल्लेना, जाल्पा जनशक्ति कृषि सामुदायिक वन र खिरिडा भुजन्तोला सामुदायिक वनमा एकसातादेखि डडेलो दन्किरहेको छ । आगलागीबाट जंगलमा जडिबुटी, घाँस, सानाठूला रुखहरू जलेर नष्ट भएका छन् । जनावर चराचुरुंगीको बासस्थान जलेको छ ।

नियन्त्रणका लागि भने कुनै प्रयास हुन सकेको छैन । सचेतनाका नाममा वर्षेनी ठूलो रकम खर्चिदै गरेको भएपनि डडेलोले वनजंगल नष््ट हुने क्रम भने घटेको छैन । ‘प्रहरी प्रशासन र जिल्ला वन कार्यालयसमेत रहेको सदरमुकामको साम्नेमा यतिठूलो डढेलो लाग्दा त कसैले वास्ता गरेका छैनन भने टाढाको ठाउँमा वास्ता गर्ने त कुरै भएन,’ मार्तडीका स्थानीय बलबहादुर रोकायाले भने, ‘आगलागी गराउनेहरूलाई कार्वाही गर्ने भएको भए यस्तो हुन्थेन होला ।’ स्थानीय बासिन्दाहरू सामुदायिक वन उपभोक्ता समितिको लापरवाही र सम्बन्धित निकायको मौनताले जिल्लाका धेरै वनहरू डढेलो लागेर सखाप भइरहेको बताउँछन् ।

राजमार्ग छेउछाउको अधिकांश जंगलमा सल्किएको आगोले कुहिरीमण्डल भएको यातायात ब्यवसायीहरू बताउँछन् । ‘महाकाली किनारको दार्चुलादेखि सेती किनारको बझाङमा पर्ने सडक छेउछाउमा भीषण आगलागी भइरहेको छ,’ यातायात व्यवसायी रामबहादुर बोगटीले भने, ‘कतिपय ठाउँमा त गाडी चलाउन पनि जोखिम छ । डोटी र कैलाली सीमावर्ती जंगलमा झन ठूलो डडेलो सल्किएको छ । कैलालीको गोदावरी क्षेत्रमा पनि ठूलो डडेलो सल्किएको छ ।’

डढेलोले राजमार्ग प्रभावित

डोटीको जोरायल गाउँपालिकाको २ घट्टेकुलोस्थित बनमा फैलिएको डढेलोले एक नास्ता पसलमा आगलागी भएको छ । नजिकै रहेका अन्य पसल र घरहरू पनि डढेलोको चपेटामा पर्न सक्ने स्थानीयले बताएका छन् । मंगलवार बुडरबाट दुई सय मिटर मात्रै टाढा धनगढीतर्फ डढेलो फैलदा भिमदत्त राजमार्ग समेत केही समयका लागि अवरुद्ध भएको थियो । जोरायल गाउॅपालिका अध्यक्ष दुर्गा ओझाले स्थानीय नरसिंहा होटलमा आगलागी भएको बताए । पसल भित्र खाना पकाउने ग्यासका सिलण्डर रहेकाले नजिकै कोही जान सकेका थिएनन । लामो समयदेखि उक्त क्षेत्रमा आगलागी भएपनि निभाउने प्रयास नहुॅदा मंगलबार दुर्घटना भएको हो ।

घटनाबारे बेखबर रहेका स्थानिय प्रहरी, जनप्रतिनिधि र प्रशासनलाई कान्तिपुरकर्मीले खबर गरेपछि मात्र उद्धारका लागि खटिएको छ । स्थानीयले सम्भाबित जोखिम न्युनीकरण गर्न दमकल माग गरेका थिए । नजिकै दमकल नभएकाले डडेल्धुरामा सम्पर्क गरेर घटनास्थल पठाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र मल्लले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP