सोमबार , अषोज २६, २०८३

विलियम बोसिस्टोले ४ ओभरमा २८ रन दिएर ६ विकेट चट्काएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १०३ रनमै अलआउट भयो । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन जोड्नबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पोखराको ब्याटिङ धराशयी बनाउन कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP