आइतबार , जेठ २६, २०८२

विलियम बोसिस्टोले ४ ओभरमा २८ रन दिएर ६ विकेट चट्काएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १०३ रनमै अलआउट भयो । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन जोड्नबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पोखराको ब्याटिङ धराशयी बनाउन कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP