आइतबार , जेठ १२, २०८२

अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका अर्थमन्त्री पौडेलले तत्काल समाधान नखोजे सरकारले हस्तक्षेप खोज्ने चेतावनी दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औँ केन्द्रीय सभाको आज गृहनगर बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने धारणा राखे ।

उनले भने,‘सरकारलाई नटेर्ने, चुनौती दिने प्रवृत्ति राम्रो होइन, यसको प्राधिकरण नेतृत्वले सोच्नुपर्दछ, मन्त्रिपरिषदले नै प्राधिकरणलाई लिकमा ल्याउनुपर्ने छ, यसमा सरकार गम्भीर छ, प्राधिकरणले यो समयमा समाधान नगरे हस्तक्षेप गर्नेछm सरकारले चासो मात्र व्यक्त गरेको छैन, सरकारले समाधान गर्छ ढुक्क हुनुस् ।’

हिजोमात्रै उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको मुख्यालयमा आफ्नो बेग्लै कार्यकक्ष निर्माण गरेका छन् । पछिल्लो समय सरकारले कुलमानविरुद्ध दबाब बढाउँदै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP