मंगलबार , जेठ २१, २०८२

गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने भएका छन्।

अस्ट्रेलिया भ्रमणको सुरूआत सिड्नी ग्रानभिलस्थित टाउन हलमा ‘द सत्य स्वरूप शो’ बाट हुने आयोजक फ्लेभर्स अफ नेपालका राजेश केसीले जानकारी दिए।

केसीका अनुसार कार्यक्रमको तयारी लगभग पूरा भएको छ।

सिड्नीपछि डिसेम्बर ९ मा न्यु क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा ओलगंगमा उनीहरूको सांगीतिक प्रस्तुति रहने केसीले बताए।

गायकद्वय सत्य–स्वरूपले लामो समयको अन्तरालपछि आफूहरू सांगीतिक प्रस्तुतिका निम्ति अस्ट्रेलिया आउन लागेको भन्दै साथ दिन समर्थकलाई आग्रह गरेका छन्।

‘लामो समयपछि हामी अस्ट्रेलिया आउँदैछौं। आशा छ यहाँहरूलाई हामी भरपुर मरोञ्जन दिनेछौं,’ आचार्य दाजुभाइले भने, ‘अस्ट्रेलियामा रहनुहुने नेपाली गीत–संगीतप्रेमीहरूमाझ प्रस्तुत हुन हामी हतारिएका छौं, विश्वास छ, हामीले यहाँहरूको सांगीतिक प्यास मेटाउने छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP