शुक्रबार , भाद्र १२, २०८३

जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन । प्रत्येक दिन हुने दुई खेलमध्ये पहिलो खेल बिहान ९ बजे काठमान्डु गुर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भयो ।

दोस्रो खेल दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच थियो ।

दुवै प्रतिस्पर्धा रोमाञ्चक भए । काठमान्डु र विराटनगरले एनपीएलकै पहिलो जित निकाले ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुले दोस्रो खेलमा पहिलो जित निकालेको हो । पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमान्डुले बुधबारको खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो ।

पहिलो जितसँगै काठमान्डुले २ अंक जोडेको छ ।

पेपरमा बलियो देखेको र धवनको आगमनले चर्चामा रहेको कर्णालीको यो लगातार दोस्रो हार हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई २ विकेटले पराजित गर्‍यो । लुम्बिनी पनि आजको खेलबाट पहिलो जित निकाल्ने दाउमा थियो ।

लुम्बिनीले १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो लक्ष्य जारी एनपीएलकै सबैभन्दा उच्च स्कोर थियो । कप्तान लामिछानेले पनि जारी एनपीएलकै पहिलो विकेट लिए । तर, विराटनगरले उच्च स्कोर तोड्यो र लुम्बिनीलाई पहिलो जित निकाल्नबाट रोक्यो ।

लुम्बिनीले दिएको उच्च लक्ष्य विराटनगरले १ बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP