शुक्रबार , बैसाख ५, २०८२

अष्ट्रेलियाको सरकारले १६ वर्षमुनीका बालबालिकाहरुको लागि सामाजिक सञ्जाल चलाउन रोक लगाउने निर्णयको विश्वचर्चा सुरु भएको छ । रसियाले आफ्नो देशमा यसअघि नै फेसबुक र ईन्ष्टाग्राम चलाउने उमेर १६ वर्ष तोकेको स्मरण गर्दै अष्ट्रेलियाको निर्णयमा खुशी व्यक्त गरेको छ । अष्ट्रेलियाको सिनेटमा बुधबार यस सम्बन्धी कानूनमा संशोधन गर्ने प्रस्ताव पारित भएको यियो । यसलाई तल्लो सदनमा लगिँदैछ र यो मात्र औपचारिकता हुनेछ ।

विश्वमै पहिलो पटक कानून बनाएरै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने देश अष्ट्रेलिया बनेको छ । यससँगै बहस पनि प्रारम्भ भएको छ । केहीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुलाई यो निर्णयले हानी पुग्ने आशय व्यक्त गरेका छन् । हाल पारित भएको कानून एक वर्षभित्रमा लागू हुनेछ । जसले सबै नभएपनि कही महत्वपूर्ण सामाजिक सञ्जालहरुसम्म बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउनेछ ।

बेलायतले अष्ट्रेलियाको जस्तै आफ्नो देशमा पनि कानून बनाएर यी सामाजिक सञ्जालहरुलाई बालबालिकाको पहुँचमा पुग्नबाट प्रतिबन्ध लगाउने आशय त्यहाँका नेताहरुले व्यक्त गरेका छन् ।
धेरै देशहरुले भने अष्ट्रेलियाको उदाहरण र प्रयोगलाई लिएर त्यसबाट उत्पन्न हुने प्रतिक्रियाका आधारमा कदम चाल्नुपर्ने सुझाव दिइरहेका छन् । स्वीटजरल्याण्डमा यस्तैखाल सर्वेक्षणमा त्यहाँका ७८ प्रतिशत मानिसहरुले १६ वर्ष मुनीका बालबालिकाहरुलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP