मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियाको सरकारले १६ वर्षमुनीका बालबालिकाहरुको लागि सामाजिक सञ्जाल चलाउन रोक लगाउने निर्णयको विश्वचर्चा सुरु भएको छ । रसियाले आफ्नो देशमा यसअघि नै फेसबुक र ईन्ष्टाग्राम चलाउने उमेर १६ वर्ष तोकेको स्मरण गर्दै अष्ट्रेलियाको निर्णयमा खुशी व्यक्त गरेको छ । अष्ट्रेलियाको सिनेटमा बुधबार यस सम्बन्धी कानूनमा संशोधन गर्ने प्रस्ताव पारित भएको यियो । यसलाई तल्लो सदनमा लगिँदैछ र यो मात्र औपचारिकता हुनेछ ।

विश्वमै पहिलो पटक कानून बनाएरै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने देश अष्ट्रेलिया बनेको छ । यससँगै बहस पनि प्रारम्भ भएको छ । केहीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुलाई यो निर्णयले हानी पुग्ने आशय व्यक्त गरेका छन् । हाल पारित भएको कानून एक वर्षभित्रमा लागू हुनेछ । जसले सबै नभएपनि कही महत्वपूर्ण सामाजिक सञ्जालहरुसम्म बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउनेछ ।

बेलायतले अष्ट्रेलियाको जस्तै आफ्नो देशमा पनि कानून बनाएर यी सामाजिक सञ्जालहरुलाई बालबालिकाको पहुँचमा पुग्नबाट प्रतिबन्ध लगाउने आशय त्यहाँका नेताहरुले व्यक्त गरेका छन् ।
धेरै देशहरुले भने अष्ट्रेलियाको उदाहरण र प्रयोगलाई लिएर त्यसबाट उत्पन्न हुने प्रतिक्रियाका आधारमा कदम चाल्नुपर्ने सुझाव दिइरहेका छन् । स्वीटजरल्याण्डमा यस्तैखाल सर्वेक्षणमा त्यहाँका ७८ प्रतिशत मानिसहरुले १६ वर्ष मुनीका बालबालिकाहरुलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP