सोमबार , अषोज २६, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो दिनमै त्रिवि मैदानमा दर्शकको ओभरफ्लोले गर्दा अप्रिय अवस्था सिर्जना भयो । टिकट काटेर पनि खेल हेर्न नपाएका दर्शकहरुबीच ठेलमठेल हुँदा च्यापिएर कम्तिमा ६ जना घाइते भएका थिए ।

घाइते मध्ये दुईजनाको अवस्था गम्भीर थियो । उनीहरु दुवैजना प्रहरी हुन् । यद्यपि, उनीहरु दर्शककै रुपमा खेल हेर्न गएको बताइएको छ । घाइते प्रहरीमध्ये अजय तामाङलाई बाँसबारीस्थित न्यूरो अस्पताल र दानबहादुर राउतलाई महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

घाइते दुवै प्रहरीको अवस्थामा सुधार आएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘उहाँहरुको होस खुलेको छ । दुवैजना बोल्न सक्नुहुन्छ । एकजना खतरामुक्त हुनुभएको छ ।’

यसै बीच नेपाल क्रिकेट संघ (क्यान) ले व्यवस्थापकीय कमजोरीका कारण हिजोको घटना नभएको स्पष्ट पारेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले व्यवस्थापकीय पाटोमा क्यानले पूर्णरुपमा तयारी गरेको बताए ।

उनले भने, ‘व्यवस्थापकीय त्रुटिले गर्दा घटना भएको होइन । हामीले पहिल्यै उद्घाटन खेलका टिकटहरु सोल्ड आउट भएको भनेर पूर्वजानकारी गराइसकेका थियौं । तर, टिकट नभएका दर्शकहरु ठूलो संख्यामा आएर मैदानभित्र प्रवेश गर्न खोजेपछि अप्रिय अवस्था आएको हो ।’

लामाका अनुसार क्यानले यो घटनालाई गम्भीरतापूर्वक लिएर आन्तरिक छलफल गरिरेहेको छ ।

घटनाबारे उनको भनाइ यस्तो छः

हामी घटना के कति कारणले भयो भनेर हिजो र आज पनि छलफलमा जुटिरहेका छौं । क्यानको तर्फबाट कुनै पनि कमीकमजोरी भएको होइन । किनभने हामीले १० हजार टिकट सोल्ड आउट भयो भनेर केही दिन अगाडि नै घोषणा गरिसकेका थियौं । भीआइपीतर्फ पहिलोपटक ८ सय टिकट बेचेका थियौं । त्यो पनि सोल्ड आउट भइसकेको भनिएको थियो ।

समस्या चाहीँ के हो भने दर्शकहरु ग्राउन्डमा आउने र टिकटबिनै पस्न खोज्ने विगतदेखिकै प्रवृत्ति छ । हिजो पनि टिकट नभएका दर्शकहरु ठूलै संख्यामा आउनुभयो । सायद कतिलाई मैदानमै टिकट लिन पाइन्छ भन्ने पनि भयो होला । अरु बेला भए पाइन्थ्यो पनि । तर, हिजो सम्भव भएन । उहाँहरु जबरजस्ति छिर्ने प्रयास गर्दा अप्रिय अवस्था आएको हो । यसले गर्दा केही टिकट भएका दर्शकहरु पनि छिर्न पाउनुभएन ।

हिजो म्याच १२ बजे सुरु थियो । तर टिकट काटेका कतिपय दर्शक २ अढाइ बजे आइदिनुभयो । उहाँहरु चाहीँ पस्न नपाउनुभएको हो । समयमै आउनेहरु छुट्नुभएको छैन ।

टिकट काटेका कति दर्शकहरु भित्र पस्न पाउनुभएन भनेर पनि हामी अध्ययन गरिरहेका छौं । खल्तिमा डेटा भइहाल्छ । उहाँहरुको रिफन्ड गर्ने कि भन्ने पनि कुरा चलिराखेको छ ।

दर्शकहरु कसरी घाइते भए भन्ने विषयमा हामी अझै पनि क्लीय भइसकेका छैनौं । बुझ्दै छौं । हामी घटना हुँदा बाहिर नभएकाले कति बेला भएको हो भन्ने पनि छ । एउटा गेट भत्किएको छ ।

आज बैठक बस्दै छौं । हिजोको घटनालाई कसरी सम्बाेधन गर्ने र आगामी खेललाई थप व्यवस्थित कसरी गर्ने भनेर छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP