शुक्रबार , बैसाख ५, २०८२

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो दिनमै त्रिवि मैदानमा दर्शकको ओभरफ्लोले गर्दा अप्रिय अवस्था सिर्जना भयो । टिकट काटेर पनि खेल हेर्न नपाएका दर्शकहरुबीच ठेलमठेल हुँदा च्यापिएर कम्तिमा ६ जना घाइते भएका थिए ।

घाइते मध्ये दुईजनाको अवस्था गम्भीर थियो । उनीहरु दुवैजना प्रहरी हुन् । यद्यपि, उनीहरु दर्शककै रुपमा खेल हेर्न गएको बताइएको छ । घाइते प्रहरीमध्ये अजय तामाङलाई बाँसबारीस्थित न्यूरो अस्पताल र दानबहादुर राउतलाई महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

घाइते दुवै प्रहरीको अवस्थामा सुधार आएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘उहाँहरुको होस खुलेको छ । दुवैजना बोल्न सक्नुहुन्छ । एकजना खतरामुक्त हुनुभएको छ ।’

यसै बीच नेपाल क्रिकेट संघ (क्यान) ले व्यवस्थापकीय कमजोरीका कारण हिजोको घटना नभएको स्पष्ट पारेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले व्यवस्थापकीय पाटोमा क्यानले पूर्णरुपमा तयारी गरेको बताए ।

उनले भने, ‘व्यवस्थापकीय त्रुटिले गर्दा घटना भएको होइन । हामीले पहिल्यै उद्घाटन खेलका टिकटहरु सोल्ड आउट भएको भनेर पूर्वजानकारी गराइसकेका थियौं । तर, टिकट नभएका दर्शकहरु ठूलो संख्यामा आएर मैदानभित्र प्रवेश गर्न खोजेपछि अप्रिय अवस्था आएको हो ।’

लामाका अनुसार क्यानले यो घटनालाई गम्भीरतापूर्वक लिएर आन्तरिक छलफल गरिरेहेको छ ।

घटनाबारे उनको भनाइ यस्तो छः

हामी घटना के कति कारणले भयो भनेर हिजो र आज पनि छलफलमा जुटिरहेका छौं । क्यानको तर्फबाट कुनै पनि कमीकमजोरी भएको होइन । किनभने हामीले १० हजार टिकट सोल्ड आउट भयो भनेर केही दिन अगाडि नै घोषणा गरिसकेका थियौं । भीआइपीतर्फ पहिलोपटक ८ सय टिकट बेचेका थियौं । त्यो पनि सोल्ड आउट भइसकेको भनिएको थियो ।

समस्या चाहीँ के हो भने दर्शकहरु ग्राउन्डमा आउने र टिकटबिनै पस्न खोज्ने विगतदेखिकै प्रवृत्ति छ । हिजो पनि टिकट नभएका दर्शकहरु ठूलै संख्यामा आउनुभयो । सायद कतिलाई मैदानमै टिकट लिन पाइन्छ भन्ने पनि भयो होला । अरु बेला भए पाइन्थ्यो पनि । तर, हिजो सम्भव भएन । उहाँहरु जबरजस्ति छिर्ने प्रयास गर्दा अप्रिय अवस्था आएको हो । यसले गर्दा केही टिकट भएका दर्शकहरु पनि छिर्न पाउनुभएन ।

हिजो म्याच १२ बजे सुरु थियो । तर टिकट काटेका कतिपय दर्शक २ अढाइ बजे आइदिनुभयो । उहाँहरु चाहीँ पस्न नपाउनुभएको हो । समयमै आउनेहरु छुट्नुभएको छैन ।

टिकट काटेका कति दर्शकहरु भित्र पस्न पाउनुभएन भनेर पनि हामी अध्ययन गरिरहेका छौं । खल्तिमा डेटा भइहाल्छ । उहाँहरुको रिफन्ड गर्ने कि भन्ने पनि कुरा चलिराखेको छ ।

दर्शकहरु कसरी घाइते भए भन्ने विषयमा हामी अझै पनि क्लीय भइसकेका छैनौं । बुझ्दै छौं । हामी घटना हुँदा बाहिर नभएकाले कति बेला भएको हो भन्ने पनि छ । एउटा गेट भत्किएको छ ।

आज बैठक बस्दै छौं । हिजोको घटनालाई कसरी सम्बाेधन गर्ने र आगामी खेललाई थप व्यवस्थित कसरी गर्ने भनेर छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP