मंगलबार , अषोज २७, २०८३

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा तथा संसारका अन्य स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई शुभकामना दिएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मरिसनले अष्ट्रेलियामा तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।
‘नयाँ वर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्भूत सँस्कृतिका बारेमा अनुभव गराउने सुनौलो अवसर पनि हो,’ उनको विज्ञप्तिमा भनिएको छ ।

महामारीको समयमा अष्ट्रेलियाका बहुसाँस्कृतिक समुदायहरु सहकार्य र तागतको श्रोत भएको प्रशंसा गर्दै आगामी दिनमा पनि संसारकै सुनौलो भविष्यको लागि सहकार्य गर्ने बताए ।

‘महामारीका कारण यसपटको नयाँ बर्षको उत्सव विगतका वर्षहरुभन्दा फरक भएता पनि आगामी दिनहरु झनै राम्रा हुनेछन्,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP