मंगलबार , असार २३, २०८३

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले काम गरेर राजस्वको लक्ष्य भेट्न कठिन रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा उनले राजस्व संकलनमा गत वर्ष जति पनि काम हुन नसकेको बताए ।

‘साथीहरुलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक पाउन सकेको छैन । वक्यौता असुली, बेरुजु फस्र्योट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति सन्तोषजनक छैन । यस तथ्यले पनि म साथीहरुलाई कार्य सम्पादनमा थप गम्भीर हुन हार्दिकतापूर्वक आग्रह र निर्देशित गर्न चाहन्छु’, उनले भने ।

मन्त्री पौडेलले संघीयताले आर्थिक केन्द्रहरु विस्तार गरेको र अर्थतन्त्रको आकार पनि बढ्दै गएको तर सँगसँगै खर्च पनि बढेको बताए ।

‘अर्थतन्त्रको आकार बढ्दै गएको छ । तर सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, त्यो बढ्न सकेको मैले पाएको छैन’, उनले भने ।
आफूले यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै पौडेलले भने, ‘सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सम्भव छैन ।’

मन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने जस्ता काममा लाग्न आग्रह गरे ।

करको दायरा विस्तार गर्ने, करदाता मैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने र कर छली रोक्न सक्रियता अपनाउन आवश्यक रहेको पनि उनले बताए ।

मन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको र सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका कारण स्रोतमाथि दबाब बढिरहेको बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP