सोमबार , बैसाख ८, २०८२

काठमाडौं। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। देउवासँग मंगलबार अपराह्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भेटवार्ता गरेका थिए।

यादव र डा. भट्टराईसँगको भेटपछि देउवा प्रचण्डलाई भेट्न महाराजगन्ज पुगेका थिए। महाराजगन्जस्थित देउवाका ससुराली नाता पार्ने प्रमोद राणाको निवासमा उनीहरुबीच भेटवार्ता भएको काँग्रेस स्रोतले जानकारी दिएको छ। उनीहरुबीच सत्ता समीकरणकै विषयमा छलफल भएको बताइएको छ। जसपा अध्यक्ष यादव र डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीको विकल्प दिन आफूहरू तयार रहेको बताएका थिए।

उनीहरूले सरकारको नेतृत्व लिन काँग्रेस अग्रसर नभए आफूलाई साथ दिन पनि देउवालाई आग्रह गरेका थिए। स्रोतका अनुसार देउवाले उनीहरूसँग सरकार बन्ने आधार मागेका थिए। देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईँको पार्टीभित्र एकमत छैन। तपाईंहरु एक भएर नआएसम्म कसरी सरकार बन्छ ? सङ्ख्या पुग्छ ?’

‘त्यसको चिन्ता नगर्न’ भट्टराईले देउवालाई भनेका थिए। विगतमा ओलीसँग सुशील कोइराला पराजित भएको भएको घटना पनि देउवाले उनीहरूलाई स्मरण गराएको स्रोतले जानकारी दियो। तत्कालीन माओवादी नेता भट्टराई पक्षका सांसदले ओलीको पक्षमा मतदान नगर्ने चर्चा थियो। तर ओलीले ३ सय ३८ मत पाएका थिए भने कोइरालाले २ सय ४९ मत पाएका थिए।

त्यति बेला काँग्रेसले ३ सय ६० मत पुग्ने दाबीसहित कोइरालालाई अगाडि सारेको थियो। देउवाले भट्टराईलाई त्यही घटना सम्झाएका थिए। तर यति बेला काँग्रेस इमान्दार भएर नयाँ सरकार गठनको पक्षमा उभिए सरकार बन्न गाह्रो नभएको भट्टराईको भनाइ थियो।

देउवासँगको भेटपछि भट्टराईले नयाँ वर्ष २०७८ ले कोभिड १९ र आधुनिक भष्मासुर (केपी ओली)बाट सबैलाई मुक्ति देओस् भन्ने कामना गरेका छन्। यादव र डा. भट्टराईको कुराकानीपछि देउवा र प्रचण्डबीच भएको वार्तालाई अर्थ पूर्णरुपमा हेरिएको छ। तर देउवा र प्रचण्डबीच भएको वार्ताको भित्री कुरा गोप्य राखिएको छ।

यसअघि शुक्रवार देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए। जसमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए। देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जसपाले निर्णयमा पुग्न समय मागेको थियो। जसपाको पदाधिकारी बैठकपछि उपेन्द्र र बाबुराम सत्ता समीकरणमा जुटेको पाइन्छ। तर जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने जनकपुरतिर लागेका छन्।

सत्ता गठबन्धन निर्माणमा निर्णायक मानिएको जसपामा ठाकुर र महतो पक्ष नयाँ सरकार गठनप्रति इच्छुक देखिएको पाइँदैन। उनीहरूले तत्काल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नहुनेमा जोड दिएको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP