मंगलबार , बैसाख २९, २०८३

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।

दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन् ।

१९औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन् । अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।

सोनी पाख्रिनले २३ बलमा १९ र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए । ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन् ।

युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक/एक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।

चार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

डबल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP