मंगलबार , बैसाख २९, २०८३

तोहुरा खातुनको ह्याट्रिकमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७-१ को एकपक्षीय जित हात पार्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो । बंगलादेश समग्रमा तेस्रो पटक फाइनल पुगेको हो ।

सन् २०१६ मा पहिलो पटक फाइनल पुग्दा भारतसँग पराजित भएको भारतले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो । बंगलादेशले अब फाइनलमा नेपाल भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ ।

पहिलो हाफमा तोहुरा र कप्तान सबिना खानुतले दुई-दुई गोल गर्दा रितु पोर्ना चक्माले एक गोल गरेकी थिइन् । तोहुराले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

पहिलो हाफमा बंगलादेशले भुटानमाथि ५-१ को अग्रता बनाएको थियो ।

बंगलादेशले पहिलो हाफमा सुरुवातदेखि नै भुटानमाथि दबाब बनाएको थियो । खेलको सातौं मिनेटमै रितु चक्माले तोहुरा खातुनको पासमा बक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

१५औं मिनेटमा तोहुरा खातनुले सेउली अजमको पासमा गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । तोहुराले सेउलीबाट पाएको पासमा भुटानी खेलाडीलाई छल्दै बक्सबाहिरबाट उत्कृष्ट गोल गरिन् ।

२६औं मिनेटमा सबिना खातुनले मोनिका चक्माको पासमा गोल गर्दै बंगलादेशको अग्रता ३-० बनाइन् । त्यसअघि सबिनाको प्रहार पोष्टमा लागेर पर्किएको थियो । तर उनले अर्को मौका चुकाइनन् ।

३५औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले बक्स बाहिरबाट बायाँ खुट्टाले उत्कृष्ट गोल गरिन् । ३७औं मिनेटमा सबिनाले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि बंगलादेशले ५-० को अग्तरा बनायो ।

पहिलो हाफमा भुटानले पनि एक गोल फर्काए । ४१औं मिनेट भुटानकी फरवार्ड देकी लाजोमले गोल गरिन् । जारी साफमा लाजोमको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् ।

यस बाहेक भुटानले पहिलो हाफमा गोल गर्ने दुई अवसर गुमाएको थियो । १८औं मिनेटमा देकी लाजोमले बंगलादेशी किपर रुपमा चक्मा अघि बढेको अवस्थामा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकिन् ।

२३औं मिनेटमा भुटानकी नाम्ग्याल देमाले गोल गर्ने राम्रो अवसर पाएकी थिइन् । बक्स भित्र उनी अनमार्क रहेपनि उनको हानेको प्रहार बंगलादेशी किपरले बचाइन् ।

दोस्रो हाफमा भुटानले केही सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन । ५७औं मिनेटमा तोहुरा खातुनले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

जारी साफ च्याम्पियनसिपमा यो चौंथो ह्याट्रिक हो । यसअघि नेपालकी रेखा पौडेल र प्रीति राईले माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । यस्तै भुटानकी देकी लाजोमले पनि माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

७२औं मिनेटमा बंगलादेशका लागि सेउली अजमले सातौं गोल गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP