मंगलबार , बैसाख २९, २०८३

त्यसो त यसपालिको दसैं अलिकती बिबादित जस्तो बन्यो। नेपालका लागि त खासै असर परेन तर विदेशमा बिशेश गरि अष्ट्रेलिया, जापान र अन्य केही देशहरूमा टिकाकाे साईतका कारण केही बिबादित जस्ताे देखियाे। ज्योतिषहरुले नेपालमा शनिबार टीका साईत वा दशमी पर्ने भए पनि अष्ट्रेलियामा भोलिपल्ट आईतवार मात्र दशमी सुरु हुने र अष्ट्रेलियाको समयानुसार साढे १० देखि साढे ११ सम्म उत्तम र त्यसपछि राम्रो नै छ भनी दिएकाले अष्ट्रेलियामा र अझ बिशेश गरि अष्ट्रेलियाको डार्बिनमा केहि अभिभावकहरुले एकादशीमा अर्थात भोलिपल्ट पनि कसैले टीका लगाउछ, हामी त शनिबार नै अर्थात नेपालमा जहिले लगाउछन त्येही दिन लाउने हाे भनेर शनिबार नै लगाए। लगभग ४० प्रतिशत डार्बिन निबासी नेपालीहरुले शनिबार नै निधार सजाए। जमरा पहिरिए। र ६० प्रतिशत नेपाली घरहरुमा आईतवार टीका लगाईयाे।


हुन त ज्योतिषहरुकाे पनि कुरा एक आपसमा बाजिन पुग्याे। कोहि ज्योतिषले शनिबार लाए पनि दोस छैन । मजाले लाए हुन्छ भनिदिए। कोही ज्योतिषले अष्ट्रेलियामा शनिबार लाउनै हुन्न भने र कसैले शनिबार लाए पनि हुन्छ आईतवार लाए पनि हुन्छ , दुर्गा भवानीको प्रसाद जुन दिन लगाए पनि फरक पर्दैन भन्दिनाले पनि यसपालिको टीका अल्ली खल्लो खल्लो पनि भयाे। खल्लो हुनुको पछाडि कारण पनि छन। जस्ताे मैले आईतवार लगाउने निधाे गरे। शनिबार लगाउने कतिपय आफन्त जनहरु भनाै या आफू भन्दा ठूलाको हातवाट आशिर्वाद लिउँ भनेर आउन चाहेकाहरु त्याे दिन आएनन् । भोलिपल्ट छुटटी वा विदा मिलेन अथवा अघिल्लो दिन मानी सके पछि भोलिपल्ट न मान्ने नियम पनि कतिकाे हुन्छ। त्यसकारणले पनि याे दसैं अलि न मज्जा न मज्जा जस्तै भयाे।


अर्को कुराे नेपालमा सबैले टीका लगाएर आशिर्वाद लिदै गरेका कतै पिङमा मच्चीरहेका कतै सेलरोटी चपाईरहेका सबैका निधारमा राता सेता अक्षता अनि कानमा पहेंला जमरा सिँउरेर फेसबुकमा लाईभ गरेकाे टुलुटुलु हेरेर बस्याै हामी अष्ट्रेलियामा आईतवार लगाउनेहरु।
यति हुँदाहुँदै पनि केही कुरामा भने रमाईलो र सहज पनि बन्न गयाे। जस्तो यहाँ डार्बिनमा शनिबार लगाएर सिडनी, मेलवर्न, पर्थ, बृजबेन जहाँ जान र आउन हबाईजहाजमै चार पाँच घण्टा लाग्छ त्यहाँ भाेलीपल्टकाे टीका छाेप्न पनि कतिपय नेपालीहरु पुगे भने कतिपय छाेप्न पनि आए। यसमानेमा निकै रमाइलो पनि भयो उनिहरुलाई जस्का आफन्त यता पनि छन र उता पनि छन।

जेहोस यसपालिको दसैं मेरो हकमा भने अरुबेलाकाे बिदेशकाे दसैं भन्दा यो दसैं बढी रमाइलो भयाे। संयोग पनि यस्तो पर्यो कि यसपालि मेरी आमा पनि जाे ८१ वर्षको पुग्नु भयो यतै अष्ट्रेलिया आउनु भएकाे माैका पर्याे। छोरा बुहारी छोरी ज्वाइँ नातिनातिना पनि यतै हुनाले नरमाइलो त हुने कुरै भएन तर आज भन्दा आठ दस वर्ष अगाडि सम्मको दसैंमा आफ्ना अभिभावक बुढा भएका बाउआमाकाे र मान्यजनकाे हातको टीका थाप्न, आशिर्वाद लिन विदेश गएकाहरु लर्को लागेर घर फर्किन्थे। गाउँ फर्किन्थे। दसैंको चहलपहल ,राैनक नै अर्कै हुन्थ्यो । २/४ वर्ष यता त्यसको ठिक बिपरित नेपालवाट आमाबाउहरु हजुरबाउ हजुरआमाहरु छाेराछाेरी नातिनातिनालाई टीका लगाईदिन वा भनाै दसैं मान्न बुढाबुढीहरुकाे लर्काे पाे बिदेशतिर आउन या जान थालिएकाे छ।


अर्को कुराे बिदेशमा यदि कसैको घरमा काेहि जेयष्ठ नागरिक आउनुभएको छ भने प्रायः जसाे वहालाई भेट्न र वहाँकाे आशिर्वाद थाप्न टीका लगाउन आउने हाम्राे नेपाली सस्कारलाई बचाईरखेका छन यहाका नेपाली समुदायहरुले। जुन कुरा मेरी ८१ वर्षिय आमाकाे हातकाे टीका लगाउन र आशिर्वाद लिन आउनुभएका उदार मनहरुको उपस्थितिले देखाईरहेको थियाे।

जे होस समग्रमा विदेशको दसैंमा नेपाली माटो न बसाए पनि नेपाली पन झल्किन्छ । फ्रीजको चिसाेपानी त छ तर पहाडको जस्तो चिसो भने छैन।खसी कुखुरा जे पनि पाईन्छ तर गाउँमा लखेटेर छाेपको लाेकल राताे भाले जस्तो चाेपिलाे खसी कुखुरा न पाईदो रहेछ।जति मसला हालेर पकाए पनि किटकाे कालाे कराई र कसाैडीमा पकाए झै स्वादिलो न हुद‍ो रहेछ। झिलिङ्गा अर्सा फिनी र सेलरोटी पनि पाईदाे रहेछ तर भाेलीपल्ट बिहानै चियामा डाेबेर खाने बासी सेलरोटी जस्ताे मिईईठाे सेलरोटी भने न पाईदाे रहेछ। यधपी कहिले कस्काे घरमा खान बोलाउने कहिले कस्को घरमा खान बाेलाउने। हरिकिर्तन गाउने , भजन गर्ने । भ‍ोजभतेर, जन्मदिन आदि मनाउने रमाइलो नै छ बिदेशमा प्रवासीनेपालीहरुको बसाई। यत्ती हो कि नेपालमा झै नेपली चाडपर्वमा नेपालीले बिदा पाउदैनन् । विदा मिलाउनु पर्छ र धेरैले मिलाउछन पनि र याे बेला अष्ट्रेलियन सरकारलाई कामको सेडुयल मिलाउन हम्मे हम्मे पर्दाेहाेला सायद। यहाँ फेरि तलाई बिदा दिन्न बिदा बस्न पाउदैनस भन्ने हुदो रहेनछ। बिरामी छु भन्दिए भयाे चलन चल्तीकाे भाषामा सिक हान्दिने भनेसी भयाे। समग्रमा दसैं रमाईलो नै भयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP