सोमबार , बैसाख ८, २०८२

नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा गरिएको हो ।

गुरुङ युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । २ सय ५ सदस्यीय समानान्तर कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवि चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

सचिव चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन् । जिल्ला कमिटीको विस्तारित बैठकमार्फत एमाले रूपन्देही पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए। यस्तै क्षेत्रिय कमिटि, पालिका स्तरीय ईन्चार्ज र जनबर्गिय संगठनको संयोजकको समेत जिम्मेवारी तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले जानकारी दिए।

देशैभर एमालेमा विवाद चुलिदै गएपछि नेपाल पक्षले समानान्तर कमिटि घोषणा गर्दै अघि बढेको छ । यसअघि नेपाल पक्षले लुम्बिनि प्रदेशमा अर्घाखाँची, नवलपरासी र बांकेमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

समानान्तर कमिटीमा रहेका नेताहरुलाई अध्यक्ष केपी ओली पक्षले कारवाही गर्दै आएको छ । रुपन्देहीका ओली पक्षका शिव सुवेदी जिल्ला अध्यक्ष छन् । सुवेदी बुटवल उपमहानगरका मेयर समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP