बुधबार , जेठ ८, २०८२

काठमाडौं । रियालिटी शो ‘बिग बोस सिजन १८’ आइतबार रातिदेखि सुरु हुँदैछ । शोलाई सलमान खानले होस्ट गर्दैछन् । यसपटक बिग बोसको घरमा धेरै नयाँ कुरा देखिने अपेक्षा छ ।

कलर्स च्यानलमा नेपाली समयानुसार राति ९ बजेर १५ मिनेटमा शो प्रिमियर हुनेछ । ओटीटी प्लाटफर्मका दर्शकले यसलाई जियो सिनेमाको अनलाइन स्ट्रिमिङ प्लाटफर्ममा पनि शुल्क तिरेर हेर्न सक्नेछन् । यो शो पूरै साता चल्नेछ ।

सोमबारदेखि शुक्रबारसम्म प्रतियोगीले दर्शकलाई मनोरञ्जन दिनेछन् भने शनिबार र आइतबारलाई वीकेण्ड बार भनिनेछ । यस दिन शो होस्ट सलमानले प्रतियोगीसँग कुराकानी गर्नेछन् ।

यसपटक बिग बोसको थिम ‘समय का ताण्डव’ छ । कलर्सको इन्स्टाग्राम पेजबाट नयाँ प्रोमो सार्वजनिक गरिएको छ । जसमा सलमानको झलक देखिन्छ ।

प्रिमियर समारोहमा १८ जना नयाँ प्रतियोगी सार्वजनिक हुनेछन् । भारतीय सञ्चारमाध्यमले प्रिमियरअघि नै सबै प्रतियोगीको नाम सार्वजनिक गरिसकेका छन् ।

को–को छन् प्रतियोगी ?

‘तारक मेहताका उल्टा चस्मा’मा रोशन सोढीको भूमिका निर्वाह गर्ने कलाकार गुरुचरण सिंह पनि यो सिजनमा देखिनेछन् । दक्षिण भारतीय सुपरस्टार महेश बाबुकी साली तथा नम्रता शिरोडकरकी बहिनी शिल्पा शिरोडकर पनि छिन् ।

उनी ९० को दशककी चर्चित अभिनेत्री हुन् । उनले शाहरुख खानदेखि गोविन्दासम्मका कलाकारसँग काम गरेकी छिन् । १३ वर्षको लामो ब्रेकपछि उनले टिभी सिरियल ‘एक मुट्ठी आस्मान’ (२०१३) बाट पुनरागमन गरेकी थिइन् ।

करणवीर मेहराले हालै ‘खतरों के खिलाडी सिजन १४’ जितेका थिए । उनी टिभी कलाकार हुन् । उनी ‘रागिनी एमएमएस २’, ‘मेरे डैड की मारुति’, ‘ब्लड मनी’, ‘बदमाशियां’ जस्ता फिल्ममा देखिएका छन् ।

भिभियनलाई कुनै परिचय चाहिंदैन । उनले ‘प्यार की एक कहानी’ सिरियलबाट पहिचान पाएका हुन् । ‘मधुबाला’, ‘शक्ति’जस्ता सुपरहिट शोको हिस्सा हुन् उनी । ‘झलक दिखला जा ८’ र ‘खतरों के खिलाडी ७’ मा पनि सहभागी भइसकेका छन् ।

पञ्जाबका शहजादाले अहिलेसम्म चारवटा सिरियलमा काम गरिसकेका छन् । सन् २०२० मा उनले ‘ये जादू है जिन का’ मा अभिनय गरे । सिरियलबाट अभिनयको दुनियाँमा प्रवेश गरेका थिए ।

हेमा शर्मालाई सबैले भाइरल भाभीको नामले पनि चिन्छन् । उनी सलमान खानको फिल्म ‘दबंग ३’ मा देखिएकी छिन् । उनका रिल्स केही समयमै सामाजिक सञ्जालमा भाइरल हुन्छन् र उनको बोल्ड स्टाइलबाट सबै प्रभावित हुन्छन् ।

चुम दराङ भूमि पेड्नेकर र राजकुमार रावको फिल्म ‘बधाई दो’मा देखिएकी थिइन् । उनी अरुणाञ्चल प्रदेशकी बासिन्दा हुन् । उनी आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’मा देखिएकी छिन् । ‘पाताल लोक’मा पनि उनको सानो भूमिका थियो ।

एलिस कौशिक टिभी अभिनेत्री हुन् । उनी ‘पाण्ड्या स्टोर’ मा रविको भूमिकामा देखिएकी छिन् । उनी ‘बिग बोस १२’की विजेता दीपिका कक्कडसँग ‘ससुराल सिमर का’मा पनि देखिएकी छिन् र ‘कहां हम कहाँ तुम’ जस्ता टिभी शोमा पनि काम गरिसकेकी छिन् ।

अर्फिन खान पनि ‘बिग बोस १८’ को हिस्सा हुनेछन् । उनी ऋतिक रोशन र टाइगर श्राफ लगायत धेरै बलिउड स्टारको लाइफ कोच भइसकेका छन् । ऋतिक र कंगनाको सम्बन्धलाई लिएर विवाद हुँदा पनि अरफिनले ऋतिकलाई साथ दिएका थिए । सारा अरफिन खान पनि बलिउड सेलिब्रेटीसँग निकै नजिक छिन् । उनी श्रीमानसँग दुबईमा बस्छिन् ।

चाहत टेलिभिजन अभिनेत्री हुन् । उनले सन् २०१६ मा आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन् । उनले ‘नाथः जेवर या जञ्जीर’ मा काम गरेकी छिन् । उनी ‘तेनाली रामा’, १हमारी रेशम बहू’ र ‘द्वारकाधीश भगवान श्री कृष्ण’ जस्ता शोहरूमा देखिएकी थिइन् ।

मुस्कान बामनेलाई सिरियल ‘अनुपमा’बाट पहिचान मिलेको हो । यो शोमा उनले रुपाली गांगुलीकी छोरीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले उनी यो शोको हिस्सा छैनन् ।

न्यारा पनि टिभी अभिनेत्री हुन् । उनी सिरियल ‘दिव्या दृष्टि’बाट चिनिन्छिन् । उनी ‘पिसाचिनी’ मा पनि देखिएकी थिइन् । उनले ‘खतरों के खिलाडी १३’ मा खतरनाक स्टन्ट गरेकी थिइन् ।

अविनाश मिश्राले आफ्नो करिअर विज्ञापनबाट सुरु गरेका थिए । सन् २०१७ मा सिरियल ’सेठ जी’ बाट टिभीमा डेब्यु गरेका थिए । ‘प्यार टुने क्या किया’, ‘इश्कबाज’, ‘क्रसरोड’, ‘ये रिश्ते हैं प्यार के’, ‘तितली’, ‘मीठा खट्टा प्यार हमारा’ जस्ता सिरियलमा देखिएका छन् ।

ताजिन्दरपाल सिंह बग्गा भाजपा (भारतीय जनता पार्टी) को दिल्ली इकाईका प्रवक्ता हुन् । उनी देशभक्ति र राष्ट्रवादी टी–सर्टहरू बेच्ने अनलाइन टी–शर्ट कपडा पसलका मालिक पनि हुन् ।

रजत दलाल सामाजिक सञ्जालमा निकै चर्चित छन् । उनी फिट्नेस ट्रेनर र पावर लिफ्टर पनि हुन् । उनले नै एल्विश यादव र म्याक्सटर्नबीच झगडा हुँदा मेलमिलाप गराएका थिए ।

एसटी कर्मचारीको हडतालका कारण गुणरत्न सदावर्ते राज्यमा चर्चित भए । उनले कर्मचारीको स्वतन्त्र संगठन सुरु गरे र मजदुर नेता बने ।

श्रुतिका अर्जुनको जन्म सन् १९८७ मा तमिलनाडुमा भएको थियो । उनी एक टिभी अभिनेत्री, व्यवसायी र पूर्वअभिनेत्री हुन् । उनले तमिल र मलयालम फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP