मंगलबार , जेठ २८, २०८२

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी पूर्वमन्त्री चित्रलेखा यादव अष्ट्रेलियाको लागि नेपाली राजदूत बन्नुहुनेभएको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको आधारमा यादवको नाम सिफारिस गरिएको हो ।

यसअघि अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस हुनुभएकी कान्ता रिजालको ठाउँमा अब यादवलाई राजदूत बनाएर पठाउन लागिएको छ । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम सिफारिस भएर पनि सुनुवाईका क्रममा फिर्ता लिइएको थियो । मन्त्रिपरिषद् बैठकले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई प्रक्रियामार्फत नियुक्तिले पुर्णता पाउनेछ ।

को हुन यादव ?
सन् १९६५ मा सिराहामा जन्मिनुभएकी चित्रलेखा यादव नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख समेत बनिसक्नुभएकी व्यक्ति हुनुहुन्छ । यादवसँग सुशिल कोइराला सरकारको पालामा शिक्षा मन्त्री बन्नुभएको अनुभव समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP