मंगलबार , अषोज २७, २०८३

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी पूर्वमन्त्री चित्रलेखा यादव अष्ट्रेलियाको लागि नेपाली राजदूत बन्नुहुनेभएको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको आधारमा यादवको नाम सिफारिस गरिएको हो ।

यसअघि अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस हुनुभएकी कान्ता रिजालको ठाउँमा अब यादवलाई राजदूत बनाएर पठाउन लागिएको छ । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम सिफारिस भएर पनि सुनुवाईका क्रममा फिर्ता लिइएको थियो । मन्त्रिपरिषद् बैठकले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई प्रक्रियामार्फत नियुक्तिले पुर्णता पाउनेछ ।

को हुन यादव ?
सन् १९६५ मा सिराहामा जन्मिनुभएकी चित्रलेखा यादव नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख समेत बनिसक्नुभएकी व्यक्ति हुनुहुन्छ । यादवसँग सुशिल कोइराला सरकारको पालामा शिक्षा मन्त्री बन्नुभएको अनुभव समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP