आइतबार , असार १४, २०८३

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा यहाँका विभिन्न शहरहरुमा गर्ने नेपाल फेष्टिभलको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुँदैछ । एनआरएन वेष्टर्न अष्ट्रेलियाको आयोजनामा गरिने नेपाल फेष्टिभलको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने हो । यसका साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल फेष्टिभलले महत्वपूर्ण योगदान दिँदै आएको छ ।

नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन यसका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेसहित पूरै एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया नावा सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु यतिबेला सेप्टेम्बर १४ को नेपाल फेष्टिभललाई लिएर उत्साही छन् ।

यस पटकको नेपाल फेष्टिभललाई अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । पावर्ड बाई सीका देशी ग्लोबल एप रहेको छ भने प्लाटिनम, गोल्ड सहितका प्रायोजकहरु अनेक छन् । नेपाल फेष्टिभलाई सिटी अफ पर्थ, वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालयले पनि आर्थिक सहयोग गरेको छ ।

नेपाल फेष्टिभल आयोजक समिति एवं एनआरएन डब्लूएका संयोजक शेखर घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिभलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी बन्नेछन् । नेपाल फेष्टिभलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ । उनले भने, यस पटकको नेपाल फेष्टिभलमा तपाईंहरुले नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा समेत हेर्न पाउनुहुनेछ । हामीले बालबालिकाहरुलाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं । नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिक समूदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ ।

एनआरएन वेष्टर्न अष्ट्रेलियाका कोषाध्यक्ष हरिवंश संजेलका अनुसार नेपाल फेष्टिभलको १० दिनअघि देखि नै विभिन्न स्थानीय लोकप्रिय पत्रिकाहरुमा प्रचार गरिनेछ । यस्तै सार्वजनिक यातायातका साधन, विभिन्न जमघटका ठाउँहरुमा नेपाल फेष्टिभलमा निमन्त्रण गरिएको प्रचार सामग्री राखिनेछ । यसले नेपालको बारेमा यहाँको बहुसांस्कृतिक समूदायलाई जानकारी दिने र नेपाल फेष्टिभलको समेत प्रचार गर्ने अपेक्षा छ । यस्तै यहाँका रेडियोहरुमा दुई साता अघिदेखि विज्ञापन बजाउने, केही व्यक्तिगत सवारी साधनमा समेत प्रचार सामग्री राख्ने योजना छ ।

नेपाल फेष्टिभल यहाँको चर्चित सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ ।

यस पटकको नेपाल फेष्टिभलमा १२ हजार दर्शक सहभागी हुने अपेक्षा छ।  विहान ११ बजेबाट सुरु भएको नेपाल फेष्टिभल राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP