मंगलबार , बैसाख २९, २०८३

नेपाली महिलाहरूको महान चाड हरीतालिका तीजकाे राैनक भित्रीए संगै परदेशमा बस्नु हुने नेपाली समुदायले पनि आफ्नो देश नेपाल र नेपालीहरूको रितितिथी, चाडपर्व र आफ्नो पहिचानलाई विदेश सामु चिनाउन, आफ्नो संस्कृति जोगाउन तन मनले लागि रहेकै छन।

यसै परिप्रेक्ष्यमा विदेशमा रहेर सबैभन्दा रमाइलो अरुबेला भन्दा बढी सहभागी हुने र स्वदेशमा भन्दा त यतै विदेशमा रमाइलो हुने भनी चर्चामा रहेको तीज पर्व यही भदौ १६ गते September 1 तारिखका दिन डार्बिनकाे मरारा स्थित एक हलमा भव्य सभ्य र धुमधामले सम्पन्न गरेकाे छ।

डार्बिनबासी नेपालीदाजुभाइ दिदीबहिनीहरु छाेराछाेरी भेट्न आउनुभएका आमाबुबाहरु विद्यार्थी भाईबहिनीहरु गरि झण्डै ४०० जनाको उल्लेखनीय उपस्थितिमा चर्चित लाेकदोहोरी गायक खुमन अधिकारीकाे अति रोचक र आकर्षक प्रस्तुतिले सारी ब्लाउज छडके तिलहरी र आकर्षक गरगहनाले सजिएर आउनुभएका महिला आमा दिदीबहिनीहरुलाई छमछमि नचाएका थिए। अघिल्लो दिन बिहान र साँझ गरि दुईवटा कार्यक्रममा आफ्नो प्रस्तुति दिएर आएका खुमनले कुनै कसर नराखी लगभग साडे दुईघण्टा लगातार आफुले पनि गाए र सहभागी सबैलाई नचाए। भगेरी चरीले मैदानमा लरि लरि लै, मैले त काटिन गाईले खाएको,जस्ता चर्चित तिजका गीत देखि पञ्चेबाजा लाेक गीत लगायत झ्याप हुनुपर्यो भन्ने जस्ता र्याप गीतले समेत सबै दर्शककाे चाहना पूरा गरेका थिए।

साँझ ६  बजेवाट औपचारिकतावाट सुरु भएको उक्त तीज मेला 2024 कार्यक्रमलाई NANT कि सचिब कल्पना पाण्डेयले आमन्त्रित प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागीहरुलाई आफ्नो मन्तव्य सहित न्यानो स्वागत गर्नु भएको थियो। त्यसपछि उद्घोषणको जिम्मेवारी समाहल्दै कुशल कार्यक्रम संचालिका लरिशा पाण्डेले कार्यक्रमलाई अगाडि बढाउदै मञ्चमा शुभकामनाका शब्द राख्नका लागि Marie Clare Boothby लाई निम्त्याईन। कार्यक्रमकाे सफलताकाे कामना सहित आफूलाई यस्ताे रमाइलो कार्यक्रममा सहभागी हुने अवसर जुराई अतिथि हुने साैभाग्य प्रदान गर्नुहुने आयाेजक टिम प्रति कृतज्ञ छु भन्नू भयाे। यसैगरी शुभकामना दिने क्रममा Luke Gosling ले पनि नेपालीहरूो कल्चर संग साक्षातकार हुन पाउँदा आफू निकै हर्षित भएको कुरा बताउनु भयो।

यसै क्रममा NANT कि अध्यक्ष प्रतिभा देवकाेटा , NRNA- NT का अध्यक्ष सन्जिब ढकाल ( गोर्खाली ) र नारी निकुञ्जकि अध्यक्ष प्रीयासा नेपालले कार्यक्रमवारे प्रकाश पार्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे।

शुभकामना दिने र मन्तव्य राख्ने क्रम सकिए लगतै स्टेज समाह्ल्ने जिम्मा मनिषा क्षेत्रीले लिए पछि प्रमुखअतिथि अतिथि लगायत आमन्त्रित सबै तिजकाे गीतमा झुम्दै नाचे पछि अभिभावक आमाहरुले तिजकाे राष्ट्रभक्ति गीत शारदा खनालका टिमले प्रस्तुत गर्नु भयाे भने लगत्तै चिरन बराल बुवाले तिजका पुराना भाका देखि अहिलेका छाडा उताउला गितहरु प्रती तिजकै गितीलय मार्फत ब्यङ्गातमक झटाराे हान्दा सबै सहभागी रमाएका थिए।त्यसपछि विद्यार्थी कलाकारहरुकाे सामुहिक नृत्यले निकै रमाइलो मनाेरञ्जन गरायाे भने त्यसपछि खुमन अधिकारीलाई माईक्रोफाेन बुझाएर मनिषा विदा भएपछि तात्न सुरु भयाे माहाेल छम छम छम।

 

कार्यक्रम NRNA- NT, NANT र नारी निकुञ्जकाे संयुक्त आयोजनमा सम्पन्न भएकाे थियो भने नर्दन टेराेटरि गाेभरमेन्टकाे सहयोगमा साथै स्पोन्सर हरुको साथ र सहयोगले कार्यक्रम सफल भएको जानकारी दिदै अन्तमा NANT कि अध्यक्ष प्रतिभा देवकोटाले कार्यक्रमको समापन गर्नु भएकाे थियो।

Pic Source +977

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP