मंगलबार , अषोज २७, २०८३

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले बडो दुः//खका साथ पति ‘ड्युक अफ एडिनबरा’ राजकुमार फिलिपको मृ/त्यु भएको घोषणा गरेकी बकिङहम राजदरबारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष सद्भाव थियो’, डा. धितालले अन्नपूर्ण पोस्ट्सँग भने।

बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्कालीन राजसंस्थासँग नजिकको सम्बन्धजस्ता कारणले बेलायती राजपरिवारका अन्य सदस्यजस्तै फिलिपले नेपाललाई थप महत्त्व दिएको डा. धितालको बुझाइ छ।

कुनै विशेष समारोहमा नेपाली टोपी लगाएर जाँदा फिलिपले हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा. धिताललाई छ। नेपालको तत्कालीन राजपरिवारसँग व्यक्तिगत तहमै फिलिपको सम्बन्ध रहेको उनले सुनाए। उनले अध्ययन गर्न बेलायत आउँदा तत्कालीन युवराज दीपेन्द्र र अधिराजकुमार नीराजन राजकुमार र महारानीको सम्पर्कमै बस्ने गरेको बताए।

लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ‘क्युसी’ जनताको महान् सेवकका रूपमा फिलिपको सम्झना गर्छन्। ‘दोस्रो विश्वयुद्धपछि बेलायतमा राजनीतिक स्थिरता कायम गराउन महारानीलाई पतिका रूपमा उहाँले महत्त्वपूर्ण साथ दिनुभयो’, फिलिपलाई दुई अवसरमा भेटेका डा. सुवेदीले भने, ‘उहाँले यहाँका कैयौं च्यारिटीमा संरक्षकको भूमिकाबाट पनि ठूलो योगदान पुर्‍याउनुभएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP