मंगलबार , बैसाख २९, २०८३

डार्विन, अष्ट्रेलिया ।
यो मंगलबार अष्ट्रेलियामा बस्ने नेपालीमूलका बासिन्दाहरुको लागि एउटा गौरवपूर्ण दिन बन्दैछ । पहिलो पटक नेपालीमूलका खेलाडीहरुको फुटबल क्लब डार्विन हार्टस् फुटबल क्लब टप ३२ मा पर्दै अष्ट्रेलियाको फुटबलको राष्ट्रिय कपमा खेल्दैछ । लगातारको पाँच वटा खेलमा विजयी भएपश्चात डार्विन हार्टस् यो अष्ट्रेलिया कपको टप ३२ मा पर्न सफल भएको हो ।

क्लबका संस्थापक हेम पुन यो सबै नेपालीको लागि खुशीको विषय भएको बताउँछन् । सन् २०१५ मा स्थापना भएको डार्विन हार्टस ले यसअघि पनि विभिन्न प्रतियोगिताहरुमा आफ्नो दरिलो उपस्थिति जनाएको थियो । डार्विनमा फुटबल खेल्ने क्लबहरुमध्ये चर्चित क्लबको पंक्तिमा पर्ने डार्विन हर्टस् फुटबल क्लबले यस पटक भने ईतिहास रचेको हो ।

तर, टप ३२ मा पुगेपनि त्यसभन्दा अघिको यात्रा मंगलबार तय हुनेछ । डार्विन हार्टस्ले ह्युम सिटीसँग मंगलबार साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ । खेल डार्विनको मरारामा अवस्थित डार्विन फुटबल स्टेडियममा हुनेछ ।
अष्ट्रेलियामा फुटबल भन्दा बढी फुटीलाई महत्व दिने गरिन्छ । यद्यपि फुटबलमा पनि वल्र्डकप खेलेको टिम अष्ट्रेलियामा छ । नेपालीहरुको सबैभन्दा मन पराइएको खेल नै फुटबल हो । यसैकारण अष्ट्रेलियामा नेपालीले विभिन्न फुटबल क्लब खोल्ने र यहाँका स्थानीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रम जारी छ । तर, डार्विन हार्टस्ले भने सबैलाई उछिन्दै राष्ट्रिय प्रतियोगिताको माथिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।

संस्थापक पुन भन्छन् “यो हाम्रो लागि खुशीको कुरा हो । यदि तपाईं डार्विनमा हुनुहुन्छ भने कृपया खेलमा हौसला बढाउन सहभागी भइदिनुहोला । अन्य राज्यमा भएकाहरुले पनि यो सफलतामा बधाई दिइरहनुभएको छ ।”

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एक सन्देश दिँदै मंगलबार नेपालीहरुको लागि खुशीको दिन भएको बताएका छन् । उनले डार्विन हार्टस् फुटबल टिमको सफलतामा सबैलाई सहभागी हुन पनि अनुरोध गरेका छन् ।

fOR TICKETS CLICK HERE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP