शुक्रबार , बैसाख ५, २०८२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेट सार्वजनिक गरेकी हुन् ।

भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ ।

वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो ।

भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP