शुक्रबार , जेठ २४, २०८२

मुम्बई– अभिनेत्री कटरीना कैफ बलिउडकी व्यस्त अभिनेत्री हुन् । उनले सलमान खानदेखि लिएर आमिर खान, शाहरुख खान र अक्षय कुमारसम्म अनस्क्रिन रोमान्स गरेकी छन् ।

सन् २००३ बाट बलिउडमा डेब्यू गरेकी कटरीना डेब्यू फिल्मबाटै विवाद र चर्चामा आइन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार डेब्यू फिल्म ‘बुम’मा बलिउडका ‘ब्याडमेन’का रुपमा परिचित गुलसन ग्रोवरसँग अन्तरंग दृश्य दिएपछि कटरीनाको चर्चा भएको थियो ।

यो फिल्ममा एक लामो चुम्बन दृश्य पनि थियो । गुलसनका अनुसार उनी यो दृश्य दिन आफैं तनावमा थिए र कटरीनालाई चुम्बन गर्नकै लागि बन्द कोठामा दुई घण्टा अभ्यास गरेका थिए ।

कैजाद गुस्तादले निर्देशन गरेको फिल्ममा कटरीनाले एक मोडलको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा अमिताभ बच्चन, ज्याकी श्राफ र जीनत अमानको पनि अभिनय थियो ।

तत्कालिन समयमा यो फिल्ममा राखिएको बोल्ड दृश्यका कारण फिल्मको निकै आलोचना भएको थियो । बक्सअफिसमा फिल्म फ्लप भए पनि गुलसन र कटरीनाको चुम्बन दृश्य चर्चित बनेको थियो । आजको दिनसम्म युट्युबमा यो चुम्बन दृश्यलाई करोडौं पटक हेरिएको छ ।

गुलसनलाई निर्देशकले जब दृश्यको कथावाचन गरे, त्यसपछि उनी नर्भस भएका थिए । यो दृश्यको फाइनल टेक भन्दा अघि उनले करिब दुई घण्टासम्म बन्द कोठामा अभ्यास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP