शनिबार , भाद्र १३, २०८३

अष्ट्रेलियाको ब्रिजवेन शहरमा नेपाली लगानीको रियल स्टेट कम्पनी काठमाडौ प्रोपर्टीको शाखा खुलेको छ । प्रोपर्टीको मुख्य कार्यलय मेलवर्नमा छ । यसै हप्ता एक कार्यक्रमका बिच ब्रिजवेनको लटविचमा काठमाडौं प्रोपर्टीको कार्यलय उद्घाटन गरिएको हो ।

ब्रिजवेनको यो प्रोपर्टीमा एनआरएनए अष्ट्रेलियाका महासचिव समेत रहेका सन्तोष कुँवर, पुर्व उपाध्यक्ष उमेश खड्का र पुर्व संचारकर्मी रेशमराज सिग्देलको सामुहिक लगानी छ । प्रोपर्टीमा एक प्रिन्सिपल एजेण्ट, १ रेन्टल म्यानजर र ५ जना रियल स्टेट एजेन्ट रहेको निर्देशक मध्येका एक कुँवरले जानकारि दिनुभयो ।

ब्रिजवेनमा उकासिदै गरेको घरजग्गाको क्षेत्रमा नेपाली ग्राहकलाई सहयोग पुग्ने गरि प्रोपर्टीले काम गर्ने कुँवरले बताउनु भयो । कुँवरका अनुसार प्रोपर्टीले घर किन्ने आफ्ना ग्राहकलाई १० हजार डलरसम्मको सुविधा दिने छ । घर र युनिटको भाडा समेत व्यवस्थापन गर्ने भएकाले भर्खरै अष्ट्रेलिया आएका विद्यार्थी र मानिसलाई प्रोपर्टीले सहज गरेर साथ दिने कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP