सोमबार , अषोज २६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदीय जिम्मेवारीबाट निष्काशित भएका डा मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निष्काशित भएको प्रतिक्रिया दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताए ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’, उनले कारबाहीको निर्णयलगत्तै बताए ।

उनले बाँकी धारणा बुधबार सार्वजनिक गर्ने पनि बताए । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले डा ढकाललाई महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । उनको साधारण सदस्य भने कायमै राख्ने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानविन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएपछि यो निर्णय भएको झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP