सोमबार , जेठ २७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदीय जिम्मेवारीबाट निष्काशित भएका डा मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निष्काशित भएको प्रतिक्रिया दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताए ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’, उनले कारबाहीको निर्णयलगत्तै बताए ।

उनले बाँकी धारणा बुधबार सार्वजनिक गर्ने पनि बताए । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले डा ढकाललाई महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । उनको साधारण सदस्य भने कायमै राख्ने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानविन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएपछि यो निर्णय भएको झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP