शनिबार , जेठ २५, २०८२

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् ।

यसलाई उनले शान्ति प्रयासमा विध्वंसकारी झट्का समेत भनेका छन् । रुसले किभमा रहेको बाल अस्पतालमाथि आक्रमण गरेर ध्वस्त पारेकै दिन दुईबिच भेटघाट भएको थियो ।

मस्को बाहिर नोभो–ओगार्योभोमा रहेको पुटिनको भवनमा मोदीले पुटिनलाई भेटेका थिए । दुई नेताबिच भेटघाट चलिरहँदा ९०० किमी पर युक्रेनी सहरहरूमा रुसी मिसाइल आक्रमणमा परेर कम्तीमा ३७ जनाको मृत्यु भएको थियो ।

यस आक्रमणमा अरू १७० जना घाइते भएका थिए । मोदी यतिबेला तीन दिने रुस–अस्ट्रिया भ्रमणमा छन् । मोदीको यो पाँच वर्षयताको पहिलो रुस भ्रमण हो । मोदी र पुटिन एक अर्कालाई अङ्कमाल गरेपछि चिया पिएर गफगाफ गरेको, विद्युतीय सवारी साधन चढेको र घोडा दौड प्रतियोगिता हेरेको भेटघाटपछि बाहिरिएका तस्बिरले देखाएका थिए ।

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतको शीर्ष नेताले विश्वको सबैभन्दा रक्तपिपासु अपराधीलाई मस्कोमा यस्तो दिनमा भेट्नु निकै निराशाजनक भएको र यसले शान्ति प्रयासमा ठुलो धक्का पुर्‍याएको भन्दै जेलेन्स्कीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेका थिए ।

मंगलबार मस्कोमा भारतीय समुदायहरूलाई सम्बोधन गर्ने क्रममा मोदीले सोमबार युक्रेनी शहरमा भएको आक्रमणबारे चुँक्क बोलेनन् । बरु उनले रुसको दुई वटा सहरहरू येकातेरिन्बर्ग र काजानमा नयाँ वाणिज्यदूताबास खोल्ने घोषणा गरे । रुसमा तापमान माइनसमै रहेपनि रुस र भारतबिचको मित्रता सधैँ प्लसमा हुने उनले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP