मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन तीनै जनाका लागि सन् २०२४ स्मरणीय वर्ष बन्नेवाला छ । एक साताअघि हलमा रिलिज भएको उनीहरु अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा सफलताको झण्डा गाडेको छ ।

९५ करोड भारु ओपनिङ गरेको फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन । अजय देवगणको ‘शैतान’ र ऋतिक रोशनको ‘फाइटर’ लाई समेत पछि पार्दै ‘कल्की’ ले वर्किङ डेजमा समेत तीव्र कमाइ गरिरहेको छ । बुधबार २३ करोड कमाइ गरेको फिल्मले रिलिजको आठौं दिन बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

फिल्मले विश्वभरबाट ७०० करोड भारु भन्दा बढी कमाइ गरिसकेको छ भने बिहीबार रिलिजको आठौं दिनमा भारतीय बक्स अफिसमा ४०० करोडको आँकडा पार गरेको छ । फिल्मले भारतमा ४१४ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै ‘कल्की’ यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले हालसम्म हिन्दी भर्सनमा १६२.८ करोड, तेलुगू भर्सनमा २१२.८ करोड, ओभरसिजमा १७३.१ करोड, मलयालममा १४.१ करोड, तमिलमा २३ करोड र कन्नडमा २.८ करोड भारु कलेक्सन गरेको भारतीय मिडिया दैनिक जागरणले जनाएको छ ।

नाग अश्विन निर्देशित फिल्मले महाभारतदेखि ६ हजार वर्ष अगाडिको कथा भन्छ । प्रभास, दीपिका र अमिताभका साथै कमल हसनको मुख्य भूमिका रहेको फिल्मको कथा र भीएफएक्सको दर्शकले प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP