मंगलबार , बैसाख २९, २०८३

बेलायतमा लेबर पार्टी ऐतिहासिक जितका साथ १४ वर्षपछि सत्तामा फर्किने भएको छ ।

आम चुनावमा लेबरले अहिलेसम्म ३९५ सिट जितिसकेको छ, जुन बहुमतभन्दा बढी हो । नराम्रो हार व्यहारेको कन्जरभेटिभ पार्टीले भने १०४ सिट मात्र जितेको छ ।

६५० सदस्यीय संसदमा सरकार बनाउन ३२६ सिट जित्नुपर्छ । योभन्दा बढी सिट जितिसकेको लेबर पार्टी २०१० पछि सत्तामा फर्किने पक्का भयो । यदि लेबरले ४१० सिट जिते सन् १९९७ मा टोनी ब्लेयरको समयपछि लेबरको सबभन्दा ठूलो जित हुनेछ ।

बेलायतमा राजाले सबभन्दा धेरै सिट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री हुनेछन् ।

उनी अफूलाई वर्किङ क्लासको पृष्ठभूमिबाट आएको बताउँछन् । उनका बुवा एक टूलमेकर थिए भने आमा नर्स । अक्सफोर्ड विश्वविद्यालयबाट कानुन पढेका स्टार्मरले मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका छन् ।

उनले अफ्रिकामा गएर मृत्युदण्डको सामना गरिरहेका कैदीहरुको मुद्दा लडेका थिए । ९० को दशमा उनले तथाकथित म्याक्लिबेल कार्यकर्ताको मुद्दा निःशुल्क लडेका थिए ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक र लेबर पार्टीका नेता कियर स्टार्मर (दायाँ)
म्याकडोनल्ड्स कर्पोसरन भर्सस स्टील एण्ड मोरिस १९९७ केसलाई म्याक्लिबेल मुद्दाका रुपमा चिनिन्छ । म्याकडोनल्ड्स कर्पोसरनल कम्पनीको आलोचना गर्ने पर्यावरण कार्यकर्ताविरुद्ध मानहानीको मुद्दा चलेको थियो, जसले म्याकडोनल्ड्स कम्पनीको पर्यावरणसम्बन्धी दाबीमा प्रश्न गरेको पर्चा बाँडेका थिए ।

राजनीतिक यात्रा

किअर स्टार्मर २०१५ मा उत्तरी लण्डनको होबेन एण्ड सेन्ट प्यान्क्रस क्षेत्रबाट सांसद चुनिए । उनले पूर्व लेबर नेता जर्मी कर्बिनको फ्रन्टबेन्च टिममा उनको ब्रेग्जिट सचिवका रुपमा काम गरे ।

२०१९ मा पार्टीले नराम्रो हार व्यहोरेपछि किअर स्टार्मरले लेबर नेताको पदमा चुनाव लडे र २०२० मा पार्टीको नेता बने । जीतपछि उनले भनेका थिए, ‘लेबरको विश्वास र आशाको नयाँ युगमा लैजाने छौं ।’

तर सुरुमा उनलाई पार्टीको लोकप्रियता बढाउन निकै सकस भयो । २०२१ को उपचुनावमा लेबरको हारपछि उनको ध्यान रेड वाललाई फेरि जित्नेमा थियो ।

रेड वाल उत्तर इंग्ल्याण्ड र मिडल्याण्डको त्यो सिट हो, जहाँ विगतमा लेबरले जित्ने गरेको थियो । तर २०१९ को चुानवमा कन्जरभेटिभ पार्टीले जितेको थियो ।

किअर स्टार्मरले पार्टीको नीति पुनर्विचार गरे र विश्वविद्यालयमा ट्युशन फि अन्त्य गर्ने तथा पानी र बिजुली कम्पनीलाई राष्ट्रियकरण गर्ने बाचा अगाडि सारे ।

अरु के छ चुनावी बाचा ?

किअर स्टार्मरले बेलायतको स्वास्थ्य सेवा एनएचएसमा विरामीका लागि वेटिङ लिस्ट (पालो कुर्नुपर्ने अवस्था) कम गर्ने बाचा गरेका छन् । उनले सीमा सुरक्षा कमाण्ड सुरु गर्ने बताएका छन् ताकि साना र खतरनाक डुंगाबाट हुने मानव तस्करीमा रोक लगाउन सकियोस् ।

किअर स्टार्मरले १५ लाख नयाँ घर बनाउने बताएका छन् । त्यसमा पहिलो पटक घर किन्नेहरुको पहिलो अधिकार हुने भनिएको छ । ६ हजार ५०० शिक्षक भर्ती गरिनेछ र यसको खर्च निजी स्कुलले पाउने गरेको ट्याक्स ब्रेक रोकेर जुटाइने उनको चुनावी बाचा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP