शुक्रबार , भाद्र १२, २०८३

शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लुरुले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो ।
मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गरेका छन् ।

यसअघि बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेका थियो भने तीनै पटक उसले हार ब्यहोरेको थियो । बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ ।

यस्तै आजको खेलमा पराजित बनेको मुम्बईले सन् २०१३ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको थियो ।

आजको खेलमा ब्याटिङतर्फ मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने इशास किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । यस्तै सूर्य कुमार यादवले ३१ र हार्दिक पाण्डेले १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

आईपीएलको अर्को खेल शनिबार चेन्नइ सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP