शनिबार , बैसाख ६, २०८२

शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लुरुले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो ।
मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गरेका छन् ।

यसअघि बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेका थियो भने तीनै पटक उसले हार ब्यहोरेको थियो । बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ ।

यस्तै आजको खेलमा पराजित बनेको मुम्बईले सन् २०१३ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको थियो ।

आजको खेलमा ब्याटिङतर्फ मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने इशास किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । यस्तै सूर्य कुमार यादवले ३१ र हार्दिक पाण्डेले १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

आईपीएलको अर्को खेल शनिबार चेन्नइ सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP