शनिबार , बैसाख ६, २०८२

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झम्टाझम्टी भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको भन्दै आपत्ति जनाएपछि दुई नेताबीच भनाभन भएको हो ।

पौडेलले ओलीसँग मिलेको आरोप लगाएपछि देउवा उनीविरुद्ध आक्रोशित देखिएका हुन् । पौडेलले देउवाका अगाडि उभिएर रिसले हात हल्लाउँदै आक्रोश पोखेका हुन् । पौडेल आक्रोशित भएपछि देउवासँग भनाभन भएको हो ।

पार्टीका शीर्ष नेताले मञ्चमा वादविवाद गर्दा कार्यक्रममा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र भएको भन्दै सहजीकरण गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP