शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झम्टाझम्टी भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको भन्दै आपत्ति जनाएपछि दुई नेताबीच भनाभन भएको हो ।

पौडेलले ओलीसँग मिलेको आरोप लगाएपछि देउवा उनीविरुद्ध आक्रोशित देखिएका हुन् । पौडेलले देउवाका अगाडि उभिएर रिसले हात हल्लाउँदै आक्रोश पोखेका हुन् । पौडेल आक्रोशित भएपछि देउवासँग भनाभन भएको हो ।

पार्टीका शीर्ष नेताले मञ्चमा वादविवाद गर्दा कार्यक्रममा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र भएको भन्दै सहजीकरण गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP