डार्विन । अष्ट्रेलियाका कानुन व्यवसायी टोनु घोतानेको जीवन संघर्ष र व्यवसायिक सफलता समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष समेत रहनुभएका घोताने लयर्सका सञ्चालक, नेपाली समाजका विभिन्न तह र तप्कामा योगदान दिनुभएका घोतानेको व्यवसायिक संघर्ष र सफलताको कथा म्युजिक भिडियोमा देखाउन र बुझाउन खोजिएको छ । युवा अवस्थामा राम्रोसँग प्रष्ट बोल्न समेत नसक्ने घोताने सफल कानुन व्यवसायी बन्न भोगेका भोगाई र संघर्ष चित्रण गर्न खोजिएको छ ।

गायक प्रमोद निर्वाणको स्वर रहेको गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच यसलाई अष्ट्रेलिया र नेपालमा एकसाथ रिलिज गरिएको हो । गायक प्रमोद निर्वाणकै शब्द तथा संगीत रहेको गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सोमबार हाईलाईट नेपालको अफिसियल युट्युब च्यानल सार्वजनिक गरिएको छ भने सोमबार साँझ म्युजिक भिडियो सार्वजनिक गर्न एक विशेष जमघट आयोजना गरिएको थियो । स्थानीय कोबर्गमा आयोजित कार्यक्रममा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु, युवा जमात उपस्थित थियो ।

पेशाले वकिल, सामाजिक सेवामा अग्रसर, एनआरएनको अभियन्ता टोनु घोतानेको जीवनीमा आधारित म्युजिक भिडियोको प्रस्तुतिपछि उपस्थित धेरैले एउटा नयाँ प्रयोग भएको प्रतिक्रिया दिए ।

कसरी बन्यो त म्युजिक भिडियो ?

घोताने भन्छन् “प्रमोद भाईलाई मैले वाङगराटा गएको बेलामा भेटेको थिएँ । त्यहाँ हामीले नेपाली समूदायको लागि कानूनी परामर्श निशुल्क दिने शिविर चलाएका थियौं । यसरी आवश्यक परेका नेपालीलाई गरेको सहयोगको बारेमा म केही लेख्छु भन्दै भाई पछि मलाई भेट्न आउनुभयो । त्यहीँबाट गीत बनाउने योजना बनेको थियो ।” म्युजिक भिडियोमा बाल्यकालमा भकभकाउने समस्या हुँदाहुँदै पनि वकिल बन्ने लक्ष्य राखेर अघि बढेको किशोरले प्राप्त गरेको सफलता चित्रित छ ।

गीत रक जनरामा गाइएको छ । युवराज वाईबाले निर्देशन गरेको भिडियोमा टोनु घोताने र इशान गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा टनु घोतानेको जीवनका उतारचढाव र कर्मप्रतिको निरन्तरता देखाउन खोजिएको छ । निशान पौडेल (नेपाल) र जीवन रसाइली (अष्ट्रेलिया)ले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

आजको राशिफल : २०८१ श्रावण १६ गते बुधवार : शिवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अस्ट्रेलियाको डार्विन मा तिज मेला २०२४ हुदै, दर्शक नचाउने जिम्मा खुमनलाइ

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP