सोमबार , अषोज २६, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ ले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।

शुक्रबार राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले पार्टी छाडेर एमालेमा गएका ‘बादल’ को कारवाहीबारे संसद सचिवालयमा जानकारी गराएका हुन् ।

‘केही दिनअघि प्रतिनिधि सभाका चार सांसदले दलत्याग गरेको सूचना दिएका थियौं, आज ‘बादल’ को दिएका हौं । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार सूचना सचिवालयलाई दिएका हौं’ शर्माले भने ।

सचिवालयलाई जानकारी गराइएको उक्त सूचनाबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अहिले अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएकोबारे सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP