मंगलबार , बैसाख २९, २०८३

बलिउड सुपरस्टार शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको नाममा ठगी भइरहेको पाइएको छ । यसबारे कम्पनीले औपचारिक घोषणा गरेर सबैलाई सचेत गराएको छ ।

गत बुधबार राति, शाहरुख खान र गौरी खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा एक सूचना शेयर गरेको थियो । यसमा अनलाइनमा कम्पनीका नाममा धमाधम शेयर भइरहेका रोजगारीका अवसरसम्बन्धी अफर प्रस्तावविरुद्ध चेतावनी दिइएको थियो ।

पोस्टको क्याप्सनमा लेखिएको छ, ‘रेड चिलीज इन्टरटेनमेन्टको तर्फबाट महत्त्वपूर्ण जानकारी ।’ प्रोडक्सन हाउसले सेयर गरेको नोटमा लेखिएको छ, ‘ विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू, विशेष गरी व्हाट्सएपमा रेड चिलीज इन्टरटेनमेन्टसँग सम्बन्धित रहेको दाबी सहितको झुटा अफर प्रसारित भइरहेको हुनसक्ने कुरामा हाम्रो ध्यानाकर्षण भएको छ ।’

कम्पनीले व्हाट्सएप वा अन्य कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममार्फत कर्मचारी भर्ना वा रोजगारीको अवसर वा अन्य कुनै अवसरको जानकारी नदिएको पनि पोस्टमा भनिएको छ । कम्पनीले उपलब्ध गराउने वास्तविक अवसरहरू आधिकारिक च्यानलहरू मार्फत मात्र प्रसारण गर्ने पनि बताइएको छ ।

शाहरुख खानका आगामी फिल्म

आगामी फिल्मको कुरा गर्दा शाहरुख खान छिट्टै ‘किंग’ मा देखिँदैछन् । यो फिल्मको औपचारिक घोषणा हुन बाँकी छ । रिपोर्टकाअनुसार शाहरुख ‘किंग’ मार्फत ठुलो पर्दामा पुनरागमन गर्दैछन् ।

यसमा उनी कुख्यात डनको भूमिकामा देखिने बताइएको छ । यस फिल्मबाट शाहरुखकी छोरी सुहाना खानले पनि ठुलो पर्दामा डेब्यु गर्ने खबरहरू आइरहेको छ ।

सुहानाले गतवर्ष नेटफ्लिक्स इन्डियामा जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । सुहाना पहिलो पटक बुवासँग काम गर्दैछिन् । फिल्म ‘किंग’ सन् २०२५ मा रिलिज हुने बताइएको छ ।

यस बाहेक शाहरुखले ‘टाइगर भर्सेस पठान’ मा शाहरुख सलमान खानसँग स्क्रिन सेयर गर्ने बताइएको छ । फिल्ममा टाइगर र शाहरुखको पात्र पठानबिच भिडन्त देखाइनेछ ।
@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP