शुक्रबार , भाद्र १२, २०८३

जारी आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामू १०७ रनको लक्ष्य पेश गरेको छ ।

संयुक्त राज्य अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल १०६ रन बनाएर अल आउट भएको हो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका हुन् ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ क्रमशः ७ र ४ रनमा आउट भए । यस्तै, अनिल साह ११ रनमा आउट भए । कुशल मल्लले ९ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले जम्मा १ रन बनाए ।

सोमपाल कामी र सागर ढकाल शून्य रनमा आउट भए । गुल्सन झाले १४ रन जोडे । उता, करन केसीले भने १७ रन जोडे । झा र केसीले एक र दुई छक्कासमेत प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP