मंगलबार , अषोज २७, २०८३

सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थी सोमबार मृत भेटिएका स्थानीय प्रहरीले जनाएको छ।

सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए। तर लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

हेलिकप्टर र स्थानीय मरिन र पारमेडिक्सको टोली उनीहरूलाई उद्धार गर्न खटिएको थियो।

स्थानीय काउन्सिलद्वारा घोषित हाइरिस्क रक फसlङ क्षेत्रमा उनीहरू माछा मार्न गएता पनि आवश्यक सुरक्षित व्यवस्थापन नगरेका कारण पनि उनीहरूको ज्यान गएको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यस वर्ष मात्र समुद्रमा डुबेर वा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन्।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उच्च अध्ययनको लागि उज्वल भविष्यको कल्पना गरेर पढ्न आएका विद्यार्थीहरूले सानातिना गल्तीले ज्यान गमुाउनुपर्दा साह्रै पीडा हुने बताए। समुद्र क्षेत्रमा पौडी खेल्न होस् या यस्ता गतिविधि गर्दा आफू सुरक्षित हुने अवस्थामा मात्र मनोरन्जन गर्न सबैमा एनआरएनले अनुरोध गरेको पोखरेलले बताए।

Pic Source 7 news

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP