मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले शुक्रबारको बैठकमा कुनै सहमति भएन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए ।

माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP