मंगलबार , अषोज २७, २०८३

नेपाल फेस्टिभल मनाउन अष्ट्रेलियाको नर्दन टेरेटोरी सरकारले हालसम्मकै उच्च आर्थिक सहयोग गरेको छ। डार्बिनमा हुने नेपाल फेस्टिभलका लागि त्यहाँको राज्य सरकारले २ लाख १० हजार ८०९ अष्ट्रेलियन डलर आर्थिक सहायता गरेको हो। तर यो रकम तीन वर्षमा खर्च गर्नुपर्नेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई राज्य सरकारको उद्योग पर्यटन तथा व्यापार विभागले कम्युनिटी बेनिफिट ग्रान्ट अन्तर्गत उक्त रकम प्रदान गरेको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवं एनटी संयोजक सञ्जीव ढकालले जानकारी दिए। जुन १ तारिखमा आयोजना गर्न लागिएको नेपाल फेस्टिभलका लागि ७० हजार ८०९ अष्ट्रेलियन डलर र थप ३० हजार डलर सहयोग आएको छ। यस बाहेक थप दुई वर्षका लागि ७०–७० हजार अष्ट्रेलियन डलर अनुदान प्राप्त भएको छ। यो अष्ट्रेलियामै नेपाली समुदायले पाएको सबैभन्दा ठुलो अनुदान हो। राज्य सरकारबाट पाएको उक्त रकम नेपाल फेस्टिभललाई भव्य बनाउन खर्च गरिने उनले बताए ।

उनले उक्त अनुदान प्राप्त गर्न सहयोग गर्ने नर्दन टेरिटरी राज्यका मुख्यमन्त्री इवा ललर, बहुसांस्कृतिक मन्त्री नगारी आह किट, बहुसांस्कृतिक मन्त्रालयका सल्लाहकार जय श्रीनिवासलगायत एनआरएन एनटी टिमलाई धन्यवाद दिएका छन्। नेपाल फेस्टिभलका लागि यती धेरै रकम प्राप्त हुनु नर्दन टेरीटरीवासी नेपालीको लागि मात्र नभई अष्ट्रेलियाकै नेपाली समूदायको लागि गौरवको विषय भएको एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए । यो सहयोगबाट नेपाली कला, संस्कृति, गीत, संगीत र खानाको प्रबद्र्धन र जगेर्नामा मद्दत पुग्ने अपेक्षा छ ।

नेपाल फेस्टिभल एनआरएन नर्दन टेरिटरीको सिग्नेचर प्रोग्राम हो। डार्बिन सहरको प्रमुख पर्यटकीय क्षेत्र ‘वाटर फन्ट’मा जुन १ तारिख शनिबार ३ बजे देखि राति १० बजेसम्म नेपाल फेष्टिभल चल्नेछ ।

नेपाल हाउस, भर्च्युल नेपाल टुर, सांस्कृतिक झाँकी र खानाका परिकारहरूसहितको महोत्सवको मुख्य आकर्षण नेपाल हाउस हुने संयोजक ढकालले जानकारी दिए । नेपाल हाउसलाई मिनी नेपालको रुपमा विकास गरिनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, संस्कृति, नेपाली भाषाको लिपिदेखि बाजा र हस्तकलाका समानहरू प्रदर्शनमा राख्ने योजना छ ।

महोत्सवमा भर्च्युल नेपाल टुर, फोटो बुथ र बालबालिकाहरूको लागि फेस पेन्टिङको पनि व्यवस्था गरिएको छ। कार्यक्रममा स्थानीय कलाकारहरूले दर्जनौँ प्रस्तुति रहनेछ । नेपाल फेस्टिभलमा डार्बिनमा नेपालका राष्ट्रिय कलाकारको पनि उपस्थिति रहनेछ। गायन, नृत्य र पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमाल तराई सम्मका कला संस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा प्रस्तुत गर्ने तयारी छ । नेपाल फेस्टिभलमा नेपाली र अन्य स्थानीय बहुसांस्कृतिक गरी १० हजार बढी दर्शकहरू सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP