मंगलबार , बैसाख २९, २०८३

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै चुनावको मिति घोषणा गरिदिएका हुन् ।

उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।

राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुने बीबीसीले जनाएको छ ।

उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।

सन् २०२२ मा फिक्स्ड टर्म इलेक्सन एक्ट रद्द भएपछि बेलायतका प्रधानमन्त्रीले आफूलाई अनुकूल समयमा चुनावको मिति घोषणा गर्ने बाटो खुलेको छ ।

ऋषि सुनकले चुनाव घोषणा गर्दै भने, ‘बितेका पाँच वर्ष देशका लागि दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा चुनौतीपूर्ण रह्यो । आगामी दिनमा म तपाईंहरुको हरेक भोटका लागि लड्नेछु । हामीसँग स्पष्ट योजना छ ।’

चुनाव घोषणाअघि एकपछि अर्को गर्दै क्याबिनेट मन्त्रीहरू प्रधानमन्त्री सुनकको कार्यालयमा प्रवेश गरेका थिए ।

बीबीसीका अनुसार सत्तारुढ कन्जरभेटिभ पार्टीका केही सदस्यहरूले ऋषि सुनकविरुद्ध अविश्वासको माग गरेका थिए । एक जना सांसदले पार्टीको वर्तमान अवस्था दुःखद रहेको समेत बताएका छन् ।

सामान्यतया बेलायतमा बिहीबारको दिन आम निर्वाचन हुने गरेको थियो । यो अभ्यास २७ अक्टोबर १९३१ देखि गरिएको थियो । त्यसअघि मंगलबारको दिन चुनाव हुने गरेको थियो । यसपटक पनि बिहीबार पारेर मिति घोषणा गरिएको छ ।

बेलायतको अभ्यास अनुसार संसद्को पहिलो बैठकको पाँचौं वार्षिकोत्सवपछि मात्र संसद् विघटन हुन्छ । वर्तमान संसदको वार्षिकोत्सव १७ डिसेम्बर २०२४ मा हुने तय भएको थियो ।

संसद् विघटनपछि निर्वाचनको तयारीका लागि २५ कार्यदिन दिइएको छ । यदि उचित प्रक्रिया अपनाएको भए बेलायतमा सन् २०२५ को जनवरी २८ सम्म चुनाव हुनेथियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP