मंगलबार , बैसाख २९, २०८३

बुटवल । पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट लोकतान्त्रिक प्यानलका अध्यक्ष रामराज पोखरेलको नेतृत्वका अधिकांश पदाधिकारी तथा सदस्यहरु विजयी भएका छन् । साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि निर्वाचित भएको छ । लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले १६३ मत सहित विजयी भएका छन् । उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले भने १२० मत प्राप्त गर्दै पराजय भोगेका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी भएका छन् । उनले १९४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी भएकी छन् । उनले १४९ मत प्राप्त गरेकी छन् । उनकी प्रत्यासी लोकतान्त्रीक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका बलिया दाबेदार स्वस्तिक श्रेष्ठलाई पराजित गर्दै उनी विजयी भएका हुन् । श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी भएका छन् । परियारले १८५ मत प्राप्त गरेका छन् भने साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् । सहसचिवमा पनि लोकतान्त्रिक प्यानलकै विरेन्द्र कुँवर विजयी भएका छन् । कुँवरले १६७ मत प्राप्त गरेका छन् भने केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यमा लोकतान्त्रीक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिराम न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, शंकरप्रसाद पाण्डे, महिला सदस्यमा लोकतान्त्रीक प्यानलकी हरिकला अधिकारी, जनजाती सदस्यामा पनि लोकतान्त्रिककै राज चौधरी, मधेसी, अल्पसंख्यक र दलित सदस्य तर्फ क्रमशः लोकतान्त्रीकै राधेश्याम विश्वकर्मा,सलमान खान र टकं सुनार विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

चुुनावमा आगामी नेतृत्वका लागि पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको र पाण्डेको नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो । लोकतान्त्रिक प्यानलको जीतसँगै करिब २० वर्षपछि पत्रकार महासंघको नेतृत्व प्रेस यूनियनले गर्दैछ । निर्वाचित अध्यक्ष पोखरेल पूर्व उपाध्यक्ष हुने भने पराजित पाण्डे वर्तमान उपाध्यक्ष हुन् ।
@globalaawaj

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP