मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियाको उत्तरी राज्यको सदरमुकाम डार्विन सहरबाट करीब ३३५ किलोमीटर दक्षिणमा अवस्थित क्याथरिन शहरमा गत आईतवार १९ मे का दिन क्याथरिन मल्टीस्पोर्ट क्लबको आयोजनामा क्याथरिन रन फेष्टिभल सम्मान भयो। १ किमि , ७ किमि , १४ किमि र २१ किमि को चार छुट्टाछुट्टै बिधामा १२४ जनाले भाग लिएका थिए।

क्याथरिन बाट क़रीब २० किमि पर टिण्डल नाम हरेको ठॉउमा एरफोर्सको ब्यारेक रहेको छ,अधिकांश प्रतिस्पर्धी हरु त्यही ब्यारेकबाट आएका थिए । मुख्य आकर्षण रहेको २१ किमि तर्फको दौडमा टिण्डल ब्यारेक का पि टि आई एण्ड्रीउ हारमीटेज ले १घण्टा १७ मिनेट ४८ सेकेंड मा पुरा गरि प्रथम हुन सफल भए।


क्याथरिन शहरमा नेपाली हरुको पनि बिस्तारै बर्चस्व बढ्दै गएको छ र बिस्तरै स्थानिय कार्यक्रम हरुमा सहभागिता जनाउन लागेकोछ। यस दौडमा साना कलिला उमेरका २ जना सहित ८ जना नेपालीहरुले भाग लिएको थियो जसमा १ किमि तर्फ निरोधा न्युउपाने, अदिप गौतम, ईभान मानान्धर र दिनेश मानान्धरले दौडे। देव तिवारी र दशमी गुरुगंले ७ किमि दौडे भने चन्द्र प्रकाश गुरुगं र जागरुक पौडेल ले २१ किमि पुरा गरे।

जुन महिनाको पहिलो आईतवार डार्विनमा हुने NTCITY2SURF मा पनि क्याथरिनबाट सहभागि हुनलाई केहि नेपालीहरु तयारीमा छन। सनिवार नेपाल फेष्टिभल मा रमाईलो गर्ने र भोलिपल्ट दौडमा भागलिन पाईने हुनाले धेरैजना उत्साहित छन। क्याथरिनबाट भागलिने हरुपनि टिम नेपाल मै रजिस्टर हुनेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP