सोमबार , अषोज २६, २०८३

सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । पुनरावेदनको रुपमा पाटन उच्च अदालतमा पेशी रहेको उक्त मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सो मुद्दा भोलि सोही इजलासमा सुनुवाइ हुनेछ । भोलि नै फैसला आउने बताइएको छ ।

उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् । प्रमाणविना नै सन्दीपलाई दोषी ठहर गरिएको वरिष्ठ अधिवक्ताहरुको जिकिर छ । सन्दीपलाई उक्त मुद्दामा सफाइ दिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरे । फैसला आज नै आउन सक्ने अनुमानसहित अदालत परिसरमा सन्दीपका समर्थकहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP