सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको छ ।

प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएपछि उनले विश्वासको मत लिनुपर्ने भन्दै अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दिएको रिट सर्वोच्चका मुख्य रजिस्टारले लालबहादुर कुँवरले चैत २४ गते दरपीठ गरिदिएका थिए ।

उक्त दरपीठविरुद्ध दिएको निवेदनमाथि बिहीबार भएको सुनुवाईमा न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दरपीठको आदेशलाई नै सदर गरिदिएका हुन् ।

अब उक्त मुद्दामा सर्वोच्चमा सुनुवाई नहुने सर्वोच्चका एक अधिकारीले जानकारी दिए । बिहीबार भएको सुनुवाइमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सर्वोच्चको २३ फागुनको फैसलाबाट प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएकाले संविधानको धारा १०० को २ अनुसार उनले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बताए ।

तर चैत २३ गतेसम्म पनि विश्वासको मत नलिएकाले प्रधानमन्त्री पदमुक्त भएको जिकिर गरेका थिए । रिटमा उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिन परमादेशको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP