मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमबारे कुराकानी भएको बताईएको छ । यसको अलावा हालै सम्पन्न भएको उपनिर्वाचनको मतपरीणामको विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।

इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । इलाममा एमालेका सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले पनि साथ दिएको थियो । दुई नेताबीच वामपन्थी गठबन्धन बलियो बनाउनेबारे छलफल भएको छ । तर, तत्काल पार्टी एकता भने नगर्ने उनीहरुको निश्कर्ष छ । यसको अलावा दुई नेताबीच वर्तमान सत्ता गठबन्धनको स्थायित्वको विषयमा पनि गम्भीर छलफल भएको स्रोतको दाबी छ ।

गठबन्धनमा सहभागी महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन छोड्ने चर्चा चलेको बेलामा कसरी गठबन्धन बलियो बनाउने भन्ने विषयमा मा छलफल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माधव नेपालसहितको नयाँ गठबन्धन बनाउनेगरि गृहकार्य थालेको र माधव नेपालको पनि मुभ त्यतैतर्फ केन्द्रित रहेको सूचना पाएपछि आज ओलीले प्रचण्डसँग भेट गरेको बताईन्छ ।

माधव नेपाल गठबन्धनबाट बाहिरिएलगत्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि बाहिरिने देउवाको विश्वास छ । तर, प्रधाननमन्त्री दाहाल र एमाले अध्यक्ष ओली भने कुनैपनि हालतमा देउवाको मिशन पूरा हुन नदिनेगरि लागेका छन् । उनीहरु माधव नेपाल र उपेन्द्र यादवले धोका दिने अवस्था आयो भने हदैसम्म कठोर हुने र आवश्यक परे उनीहरुले नेतृत्वका गरेका दल नै विभाजन गर्ने तहको तयारीसम्ममा पुगेको बताईन्छ ।

अहिले माधव नेपालका १० सांसद छन् । उनीहरुमध्ये ४ जना सांसद अध्यक्ष नेपालसँग विद्रोह गर्ने अन्तिम मुडमा पुगेका छन् । नेपालसँग असन्तुष्ट ती सांसदहरु एमाले अध्यक्ष ओलीसँग निरन्तर सम्पर्क र सम्वादमा छन् । उता, उपेन्द्र यादवको पार्टीमा पनि असन्तुष्टि चुलिएको छ । सरकारमा सहभागिताको विषय र मन्त्रीहरु चयन गर्दा अध्यक्ष यादवले एकलौटी गरेको भन्दै आधा दर्जन सांसदहरु विद्रोह गर्ने मुडमा छन् ।

दुवै दलको असन्तुष्टिलाई नजिकबाट नियाँलेका ओली र प्रचण्डले आवश्यक पर्दा उनीहरुसँग समन्वय गरेर माधव नेपाल र उपेन्द्र यादवविरुद्ध कठोर रुपमा प्रस्तुत हुने मन बनाएका छन् । कतिपयले बजेटअघि नै अहिलेको गठबन्धन टुट्ने पनि अड्कलबाजी गरिरहेका छन् ।

योबीचमा एमालेसँग मिलेर सरकार बनाउनको लागि नेपाली कांग्रेसका जिम्मेवार नेताहरुपनि लागिपरेका छन् । हिजोमात्रै शेखर कोइरालाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर सत्ता–सहकार्यका प्रस्ताव राखेको बताईन्छ । तर, शेखरको प्रस्तावमा ओली सहमत नभएको बुझिएको छ । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP