मंगलबार , बैसाख २९, २०८३

फिल्म ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले चाँडै दर्शकले नयाँ सिक्वेल हेर्न पाउने बताए ।

दुई दिनअघि नै हलमा चलिरहेको फिल्ममा ‘टु बि कन्टिन्युड’ (निरन्तर रहनेछ) वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन् । ‘चाँडै नयाँ फिल्म ल्याउने स्रोत र साहस मिलेको छ,’ फिल्मबारे जानकारी दिन आयोजित प्रेसमिटमा उनले भनिन् ।

निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको बताए । ‘स्क्रिप्ट लेखन सकिइसकेको छ,’ भारतीले भने, ‘बीचमा एउटा फिल्म गरेर मात्र बोक्सीको घर बनाउँछु ।’ उनले अर्को फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए ।

रिलिज हुँदा ‘कथा निरन्तर हुनेछ’ लेखिएको थिएन । तर निर्माताले केही दिनअघि मात्र थपेर हलमा पठाएका हुन् । यसको अर्थ, सिक्वेल बन्नेछ भनेर दर्शकलाई जानकारी दिइएको हो । प्रेसमिटमा निर्देशक भारतीले दोस्रो श्रृंखलाबारे अहिलेलाई केही नखुलाउने बताए ।

‘सपनाजस्तो लागिरहेको छ’

अभिनेत्री तथा निर्मात्री अधिकारीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपनाजस्तो लागिरहेको बताएकी छन् । उनले भनिन्, ‘साँच्चै भन्नुहुन्छ भने मलाई सररियल महसुस भइरहेको छ । मलाई हो कि होइन जस्तो लागिरहेको छ ।’

उनले कथावस्तु बलियो हुनुपर्छ भन्ने पाठ यो फिल्मबाट सिकेको बताइन् । ‘हुन त म सहायक निर्मात्री रहेको कोहलपुर एक्सप्रेसबाट यो पाठ सिकेको हुँ । अहिले आएर यो पुष्टि भएको छ कि कथा बलियो हुनुपर्छ,’ केकीले प्रेसमिटमा भनिन् ।

उनले यो फिल्म हिट हुँदा ऊर्जावान महसुस गरेको बताइन् । यस्तो फिल्म चल्दा नयाँ र प्रयोगात्मक फिल्म बनाउने मेकरलाई ऊर्जा मिलेको समेत उनले बताइन् ।

‘बोक्सीको घर’ केकीको करिअरकै उत्कृष्ट कमाइ गर्ने फिल्म हो । यो फिल्म उनको एकल लगानीको पहिलो फिल्म समेत हो । केकी अधिकारी फिल्म्सको ब्यानरमा यसको निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP