सोमबार , अषोज २६, २०८३

नयाँ दिल्ली । यो वर्षको सुरुमा आएको फिल्म हनुमान निकै हिट भयो । सीमित बजेटमा बनेको यो फिल्मले विश्वभर ३५० करोड भारु कमाई गर्‍यो ।

हनुमानका निर्देशक प्रशान्त बर्माको कामलाई दर्शकदेखि क्रिटिक्ससम्म सबैले तारिफ गरेका थिए । फिल्मको भीएफएक्स पनि निकै दमदार थियो । केही दिन अघि मात्रै प्रशान्तले हनुमानको सिक्वेल जय हनुमानको सुट सुरु हुने घोषणा गरेका थिए । फिल्मबारे नयाँ खबर आएको छ ।

रणवीर सिंहको साथमा फिल्म बनाउँदै प्रशान्त बर्मा

हनुमानको समयमै प्रशान्तले भारतीय मिथकसँग जोडिएको एउटा पूरै संसार बनाउने बताएका थिए । अब पिंकविलाको एउटा समाचार अनुसार रणवीर सिंह प्रशान्त बर्माको सिनेमेटिक युनिभर्समा कदम राख्दैछन् । खबरका अनुसार यो फिल्मको शीर्षक अहिले राक्षस राखिएको छ । सूत्रका अनुसार यो फिल्म प्रशान्त बर्माको सिनेमेटिक संसारको हिस्सा हो । यसमा उनले कयौँ नयाँ सुपरहिरो ल्याउँदै छन् ।

यी सबै पात्रलाई फिल्ममा उनले एकसाथ लिएर आउने बताइएको छ । रणवीरले अहिलेसम्म कयौँ पटक प्रशान्तसँग भेटिसकेको र हनुमान जयन्तीको मौकामा फिल्मको लागि पूजा पनि भएको स्रोतको भनाइ छ । फिल्मको स्क्रिनप्ले र प्री–भिजुअलाइजेशनको प्रक्रिया पूरा भइसकेको छ । छिट्टै रणवीर र प्रशान्तले सुटको समयतालिका पनि फाइनल गर्ने बताइएको छ ।

रणवीरलाई बलिउडमा एनर्जी बम पनि भनिन्छ । सुपरहिरो प्रोजेक्टका लागि उनी उपर्युक्त मानिएको छ । अर्को एउटा फिल्ममा रणवीर भारतीय सुपरहिरो शक्तिमान बन्दैछन् । यस्तोमा अर्को फिल्ममा पनि रणवीर सुपरहिरो बन्ने भएपछि दर्शकहरुको एक्साइटमेन्ट बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP