सोमबार , अषोज २६, २०८३

नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ ।

वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज खेलाडीको राम्रो स्वागत गर्न नसकेको र उनीहरुको खेलाडीको सामान भ्यानमा राखेको भन्दै आलोचना गरेका छन् ।

खेलाडीहरुको किट राख्ने भ्यान पनि राम्रो पठाउन नसकेको भन्दै आलोचना गरेका हुन् । खेलाडीलाई स्वागत गर्न गएका क्यानका क्रिकेट म्यानेजर विनोद दासले आलोचना बारे जवाफ दिएका छन् ।

उनी खेलाडीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पनि पुगेका थिए । ‘लगेज भ्यानमा नै राख्ने हो, बसमा खेलाडी हुने हो । संसार भरी चल्ने नियम नै त्यहिँ हो, दासले भने, खेलाडीलाई भिभिआईपी सुरक्षा दिन हामी सरकारी निकाय त होईनौं । तर पनि स्कटिङ, लगेज भ्यान र बस थिए ।’

लगेज भ्यान यो भन्दा राम्रो पठाउन सकिने थिएन भन्ने प्रश्नमा उने भने, ‘हामीसँग लगेज भ्यान छैन । हामीले हायर गर्ने हो । उनीहरुले पिकअप पठाएको हो । यो भन्दा पहिला पाकिस्तानमा एसिया कपमा सुरक्षा देखेर पनि होला, तर नेपाल त्यस्तो थ्रेट त छैन । अर्को पटक देखि हामीले यस कुरामा ध्यान दिन्छौं ।’

खेलाडीको ब्याग र लगेज राख्न राम्रो बसमा नअटाउने उनी बताउँछन् । ‘एउटा खेलाडीको तीन वटा लगेज हुन्छ । २० वटा किट ब्याग कुन बसमा अटाउछ र ? ‘, दासले भने, हामीसँग बाहिरको जस्तो ट्रक छैन । रिङरोड भित्र पिकअप भ्यान चल्न दिन्छ ।’

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP