शुक्रबार , भाद्र १२, २०८३

आइतबार अर्थात इस्टरको दिनदेखि डेलाईट सेभिङको समाप्ती हुनेछ र समय एक घण्टा पछि सर्नेछ ।

यसको अर्थ अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया, तास्मानिया र एसीटीका वासिन्दाहरुले आफ्नो घडीको समय पुनः मिलाउनुपर्नेछ । तर वेस्टर्न अस्ट्रेलिया, क्वीन्सल्याण्ड र नदर्न टेरिटरीमा भने डेलाईट सेभिङको कुनै असर पर्नेछैन ।

कुन समयदेखि यो अन्त्य हुनेछ ?
डेलाईट सेभिङ आधिकारीक रुपमा आइतबार विहान ३ बजे समाप्त हुनेछ अर्थात सो समयमा घडीको समयलाई एक घण्टा घटाएर २ बजे बनाउनु पर्नेछ । आधुनिक डिजिटल उपकरणहरुको समय स्वचालित रुपमा परिवर्तन भएपनि पुराना उपकरणहरुको समय भने मिलाउनु पर्ने हुन्छ ।

डेलाईट सेभिङको अन्त्य यस वर्ष विशेष अवसरमा आएको छ जसले गर्दा इस्टरको विदालाई बढाएको छ भने मानिसहरुले एक घण्टा थप सुत्ने समय पाउनेछन् ।

यो पुन कहिले सुरु हुनेछ ?
डेलाईट सेभिङ अस्टोवर ३ आइतबारबाट पुन सुरु हुनेछ । अर्थात आगामी ६ महिनापछि समय पुन परिवर्तन हुनेछ ।

डेलाईट सेभिङ किन ?
अस्ट्रेलियामा सन् १९७१ देखि डेलाईट सेभिङको सुरुवात भएको हो । यसलाई सुरुमा एक युद्धको समयमा इन्धन बचत गर्ने उपाएको रुपमा सन् १९१७ केही समयमा लागि अघि सारिएको थियो र त्यसपछि पुन सन् १९४२—४४ मा लागू गरिएको थियो । त्यस बेलादेखि वेस्टर्न अस्ट्रेलियाले डेलाईट सेभिङलाई पटक पटक लागू गर्ने तथा यसका लागि चारपटकसम्म जनमत संग्रह गरिसकेको छ भने क्वीन्सल्याण्डले सन् १९९२ मै जनमत संग्रहबाट यसलाई बहिस्कार गरिसकेको छ ।

यता नदर्न टेरिटरीले भने दोस्रो विश्वयुद्धपछि नै यसको लागि कुनै प्रयास गरेको छैन र यसमा खासै चासो देखाएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP