शनिबार , भाद्र १३, २०८३

जनता समाजवादी पार्टी एउटै दल भएपनि धार स्पष्ट फरक देखिएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै फरक धारमा छन् ।

ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक छन् । उनी ओलीसँगै सत्ता समिकरणसम्मको रणनीति बनाइरहेका छन् । ठाकुरको साथमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादवलगायतका नेताहरु छन् ।

उपेन्द्र यादव कुनै हालतमा ओलीसँग समिकरण बनाउन नहुने पक्षमा छन् । उनी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरणको सरकार बनाउनुपर्ने पक्षमा छन् । प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध उभिएकाहरु एकजुट हुनुपर्ने पक्षमा यादव छन् ।

उपेन्द्रको साथमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि छन् । भट्टराई ओलीविरुद्ध खरो रुपमा उत्रिदै आएका छन् ।

सत्ता समिकरणको खेलले राजपाभित्र धाजा फाटिसकेको छ । तर, यसै कारण राजपा फुट्ने सम्भावना भने देखिदैन । अहिलेको राजपाको ध्रुवीकरणलाई प्रधानमन्त्रीको दाबी बलियो बनाउने रणनीतिका रुपमा पनि बुझिएको छ । राजपाले सरकारको नेतृत्व पाएमा भने ओलीविरोधी समिकरण बन्ने सम्भावना बलियो हुन सक्छ । त्यतिबेला महन्थ ठाकुर या डा.बाबुराम भट्टराईमध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।

प्रतिनिधि सभामा राजपासँग ३४ सांसदमध्ये २ जना रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् । ३२ जनाले मतदान गर्न पाउने भएकाले राजपा नयाँ सरकारका लागि सत्ता समिकरण बन्न निर्णायक शक्ति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP