सोमबार , अषोज २६, २०८३

काठमाडौं । सोसल-कमेडी फिल्म ‘महाजात्रा’ले दोस्रो शनिबारसम्म नेपाली र अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले फिल्मको दोस्रो सप्ताहन्तसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

घरेलु बजारमा चैत ९ गते रिलिज भएको फिल्मले पहिलो र दोस्रो दुवै सप्ताहन्तमा आक्रामक व्यापार गर्‍यो । पहिलो साता परेको फागुपूर्णिमा बिदामा कमाइमा उछाल आएको देखिएको छ । विकडेजमा फिल्मको अकुपेन्सीमा गिरावट देखिएपनि सप्ताहन्तमा सबै हलको अकुपेन्सी ९० देखि शतप्रतिशत रह्यो ।

निर्माता म्याक्स दीपेश खत्रीले धेरैपछि दर्शकलाई हलसम्म फर्काउन सकेको बताए । ‘लगभग लामो समय दर्शक हलमा फर्किन सक्नुभएको थिएन । नेपाल मात्र होइन, डायस्पोरामा समेत नेपाली दर्शकले हलमा पुगेर मनोरञ्जन लिनुभएको छ,’ खत्रीले अनलाइनखबरसँग भने, ‘राम्रो कन्टेन्ट बने दर्शकले रुचाउनुहुन्छ भन्ने प्रमाण हो यो ।’

अमेरिकाको डेनभर, कोलोराडोमा महाजात्रा हेर्दै नेपाली दर्शक
निर्माता खत्रीका अनुसार फिल्मले १० दिनसम्म विश्वव्यापी १४ करोड ग्रस कमाएको छ । यसमा नेपालको हिस्सा ८ करोड ८ लाख र डायस्पोरामा ५ करोड नेरु ग्रस रहेको जनाइएको छ ।

नेपालको कमाइको ट्रेन्ड हेर्दा सहरी क्षेत्र र त्यसमा पनि काठमाडौं उपत्यकामा कमाइको हिस्सा बढी देखिन्छ । रोचक कुरा के छ भने दोस्रो मंगलबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत छ, त्यो पनि विकडेजमा ।

शनिबार काठमाडौंको विश्वज्योति हलमा फिल्म हेर्दै दर्शक
निर्माता कम्पनीका अनुसार फिल्मले डायस्पोरा बजारमा समेत आक्रामक कमाइ गरिरहेको छ । अष्ट्रेलिया, अमेरिका, मध्यपूर्व, जापान लगायतका मुलुकमा कमाइ बढेसँगै शो संख्यामा वृद्धि भएको जनाइएको छ । यो फिल्मको अन्तर्राष्ट्रिय रिलिज एमएसएम इन्टरटेनमेन्टले गरेको हो ।

निर्माता खत्रीका अनुसार डायस्पोराको ५ करोड कमाइमध्ये अष्ट्रेलिया र न्युजिल्याण्डबाट २ करोड, मध्यपूर्वमा डेढ करोड, अमेरिकामा डेढ करोड कलेक्सन छ । युरोपेली मुलुकहरु, जापान र हङकङमा शो संख्या बढेको उल्लेख छ । अष्ट्रेलियाको सिड्नीमा थप १३ शो तय भएको जनाइएको छ ।

बेल्जियममा कुल १७ शो तय भएको निर्माता खत्रीले जनाए । ‘अन्तर्राष्ट्रिय प्रदर्शनमा देखिएको यो उत्साहले हामीलाई फिल्म निर्माणमा थप प्रेरित गरेको छ,’ निर्माता खत्रीले भने ।

प्रदीप भट्टराई निर्देशित यो फिल्मले मुलुकको आर्थिक र राजनीतिक प्रणालीलाई व्यंग्य गर्छ । फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउतको मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP